• होमपेज
  • समाज
  • सरकारी कोटामा आरक्षण कोटाको व्यवस्था हुनुपर्ने हलियाहरुको माग 

सरकारी कोटामा आरक्षण कोटाको व्यवस्था हुनुपर्ने हलियाहरुको माग 

  • बुधबार, फाल्गुन ११, २०७८
सरकारी कोटामा आरक्षण कोटाको व्यवस्था हुनुपर्ने हलियाहरुको माग 

रूगम याेगी/ काेल्टी — जगन्नाथ गाउँपालिका वडा नं. २ लुमामा रहेका हलियाहरुले सरकारले हलियाहरुको लागि आरक्षणको कोठाको ब्यबस्था गर्नुपर्ने माग गरेका छन । मधेसी र अन्य जातजातिलाई आरक्षण कोटा दिने तर हलियाहरुलाई नदिएर हलियाहरुमाथि अन्याय गरेको उनिहरुले बताएका छन । पीसविन वाजुराले वडा नं. २ लुमामा रहेका हलियाहरुका सवालका विषयमा गरेको छलफल कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन ।

सरकारले मुक्त हलिया घोषणा गरेपनि हलियाहरुको जिविको पार्जनका लागि कुनै पनि चासो नदिएको उनिहरुले बताएका छन । लुमामा मात्र ३८ जना हलियाहरु प्रमाणिकरण हुन वाट छुटेका छन । उनिहरुले प्रमाणिकरण हुनवाट छुटेका हलियाहरुको तथ्यांक लिनुपर्ने समेत माग गरेका छन । लुमामा रहेको क वर्गमा मुक्त हलिया मन्ने सार्किले सरकारले घर लगाउने पैशा दिएपनि परिवार पाल्नका लागि अर्काको भारी वोक्नु पर्ने दुख नहटेको बताउनु भयो । परिवार पाल्नका लागि २ वटा छोरालाई भारतमा काम गर्न पठाएको र आफु पनि दिनभरि भारी वोकेर परिवार पाल्ने गरेको बताए ।

त्यस्तै ग वर्गका संकलाल सार्किले घर सरकारले पैशा दिएर हलियाको आँखामा छारो हाल्ने काम मात्र गरेको गुनासो गर्नुभयो । हलियाहरुका लागि अहिले सम्म पनि कसैले चासो नदिएको र हलियाका नाम बेचेर ठूलावडाले फाईदा लुटेको उहाँले आरोप लगाउनु भयो । वडा नं. २ का वडा अध्यक्ष कणर् बहादुर विष्टले हलियाहरुका लागि गाउँपालिकाले विशेष तरिकारले हेर्ने बताउनु भयो । उहाँले कार्यपालिका सदस्यमा पनि हलियाहरुको सहभगिता भएको बताउँदै हलियाका अगुवाहरुले कार्यपालिका बैठकमा नै आफ्ना मागहरु राख्नु पर्ने बताउनु भयो ।

वडा कार्यालयवाट हलियाहरुलागि सिफारीस गर्न आफु तयार रहेको र तर हलियाका अगुवाहरुले पनि आफ्नो क्षेत्रमा थप पहल गर्नुपर्ने बताए । नेपालमा कृषिमा आधारित हलिया बधुवा श्रमको अन्त्य परियोजना अन्तर्गत आज लुमामा रहेका हलियाहरुका सवालका विषयमा छलफल गरिएको हो । उनिहरुले सरकारी कोटामा हलियाहरुका लागि आरक्षणको ब्यबस्था, छुट भएका हलियाहरुको तथ्यांक संकलन गरिनुपर्ने माग राखेका छन । उनिहरुले खेतियोग्य जमिन नहुँदा अन्न वालि पनि उत्पादन गर्न नसकेको बताएका छन ।

त्यस्तै आयआर्जन तथा सिपमुलक तालिमको पनि आवश्यक रहेको बताएका छन । छलफल कार्यक्रमको सहजिकरण तथा परियोजनाका वारेमा परियोजना अधिकृत दिपक खड्काले प्रष्ट पार्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार