• होमपेज
  • खाना
  • बासी दालको सेवन हुुनसक्छ खतरनाक

बासी दालको सेवन हुुनसक्छ खतरनाक

  • सोमवार, फाल्गुन ९, २०७८
बासी दालको सेवन हुुनसक्छ खतरनाक

नेपालको भान्सा धेरैजसोको भोजनमा दाल पाक्ने गर्छ । दाल प्रोटिनको राम्रो स्रोत हो । तर, यही दाल जब बासी हुन्छ, स्वास्थ्यका लागि हानिकारकसमेत हुनसक्छ । भारतकी डाइटियिन तथा न्युट्रिसियन शिल्पा मित्तलले दाल सेवनको नोक्सानी र दाल खाने सही तरिका बताएकी छिन् ।

बासी दालले बिरामी बनाउन सक्छ

दाल हाम्रो भोजनको महत्वपूूर्ण हिस्सा हो । प्रोटिनले भरपूर दाल सबै घरमा बन्ने गर्छ । कयौँ घरमा दुई छाकका लागि एकैपटक दाल बनाइन्छ । बचेको दाल पुनः प्रयोग गर्दा कुनै हानी त हुन्नँ तर यो प्रयोग गर्ने तरिका भने सही हुनुपर्छ । यदि बासी दालको सही उपयोग गरिएन भने खाद्य विषाक्त, ग्यास, एसिडिटीको समस्या हुनसक्छ । बचेको दाललाई सही तरिकाले राख्नु जरुरी छ ।

बाँकी रहेको दाललाई यसरी प्रयोग गर्नुस्

पोषणविद् शिल्पाका अनुसार यदि दाल बाँकी बचेको छ भने यसलाई २ घन्टापछि नै एयर टाइट डिब्बामा बन्द गरेर फ्रिजमा राख्नुुहोस् ।

जब तपाई यो दालको पुनः प्रयोग गर्नुहुन्छ, तब खानुअघि राम्रोसँग उमाल्नुुहोस् । यसो गर्नाले यसमा भएका ब्याक्टेरिया मर्छन् । यद्यपि, फ्रिजमा राखेको दाललाई तताएर खाँदा पनि यसले ताजा दालले जस्तो पोषण भ्यालू मिल्दैन । तर तातो दाल खानाले बिरामी हुने सम्भावना भने न्यून हुन्छ ।

दाललाई यसरी गर्नुस स्टोर

धेरैजसो कामकाजी महिलाले दुवै छाकको दाल एकै पटक बनाउँछन् । यसो गर्नाले उनीहरुको समय बच्छ र परिवारलाई पौष्टिक आहार पनि मिल्छ । यसो गर्नु नराम्रो पनि होइन । तर दुुई छाकको दाल एकै पटक बनाउने गर्नुभएको छ भने रख्ने तरिका पनि सही हुनुुपर्छ । दाल पकाइसकेपछि यसलाई दुई भागमा बाँड्नुहोस प्रयोग भइसकेपछि एअर टाइट भाँडोमा राख्नुहोस् । यसो गर्नाले दालमा रहेको ब्याक्टेरिया बढ्दैन तसर्थ यसको सेवन गर्दा तपाईं बिरामी पर्नुुहुन्नँ । ज–जसलाई पहिलेदेखि नै ग्यास एसिडिटीको समस्या छ भने उनले बासी दालको सेवन गर्दा ध्यान दिनु पर्छ । फ्रिजमा राखिएको चिसो दालको सेवन नगर्नुस् । यसलाई राम्रो तरिकाले उमालेपछि मात्रै खानुहोस् ।

चर्चामा

सम्बन्धित समाचार