• होमपेज
  • राजनीति
  • सामाजिक संजालमा उम्मेद्धारी घाेषणा गरे कार्बाही गर्ने : बझाङ काँग्रेसकाे चेतावनी

सामाजिक संजालमा उम्मेद्धारी घाेषणा गरे कार्बाही गर्ने : बझाङ काँग्रेसकाे चेतावनी

  • सोमवार, फाल्गुन ९, २०७८
सामाजिक संजालमा उम्मेद्धारी घाेषणा गरे कार्बाही गर्ने : बझाङ काँग्रेसकाे चेतावनी

अर्थ जङ्ग शाही/बझाङ — बझाङमा नेपाली काँग्रेसले नेता तथा कार्यकर्तालाइ सचेत गराएको छ । शनिबार खप्तडछान्ना गाउँपालिकामा बसेको नेपाली काँग्रेस जिल्ला कार्य समितीको दोस्रो बैठकले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाइ सचेत गराएको हो । दोस्रो बैठक मार्फत काँग्रेसले यहि बैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनमा स्वैच्छिक तरिकाले उम्मेद्वारी घोषणा नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

यस्तै पार्टीले आधिकारिक उम्मेदवार तय नगर्दासम्म सामाजिक सञ्जाल, पत्रिका र अन्य माध्यमहरूमा उम्मेदवारी घोषणा नगर्न दोस्रो बैठक मार्फत सन्देश दिएको हो । दोस्रो बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नेता तथा कार्यकर्ताहरुलाई निर्वाचनको परिणाम काँग्रेसको पक्षमा ल्याउन आ–आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्न अनुरोध गरेका छन् । यदी कसैले पार्टीको निति,नियम, मर्म, भावना विपरित स्वैच्छिक ढंगबाट उम्मेदारी घोषणा गरेमा पार्टीले काबार्ही गर्ने नेपाली काँग्रेस बझाङ क्षेत्र नम्बर १ (क) क्षेत्रीय सभापती पुस्कल बोहराले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार