• होमपेज
  • राजनीति
  • पेट्रोलियम पदार्थको मुल्य र एमसीसी सम्बन्धी प्राधनमन्त्रीलाई ज्ञापन पत्र

पेट्रोलियम पदार्थको मुल्य र एमसीसी सम्बन्धी प्राधनमन्त्रीलाई ज्ञापन पत्र

  • आइतवार, फाल्गुन ८, २०७८
पेट्रोलियम पदार्थको मुल्य र एमसीसी सम्बन्धी प्राधनमन्त्रीलाई ज्ञापन पत्र

बाजुरा — नेकपा र नेकपा माओबादी पार्टी र संगठनहरुले राष्ट्रघाती एमसीसी र सरकारले बढाएको पेट्रोलियम पदार्थको मुल्य बृद्धि सम्बन्धी जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन । नेपाल कम्नीयुष्ट पार्टीका जिल्ला सचिव भुपेन्द्र बिक अखिल क्रान्तीकारीका अध्यक्ष चरित्र बहादुर शाही, जनपत्रकार संगठनका अध्यक्ष सुबिस्त बहादुर शाही नेकपा माओबादी केन्द्र समर्थक बिद्यार्थी संगठन अखिल क्रान्तीकारीका अध्यक्ष खेमराज साउँद, जनता समाजबादी पाटीका अध्यक्ष नरेन्द्र रावल र वाईसियलका प्रतिनिधी सुरेश खत्रीको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएको अखिल क्रान्तीकारी बाजुराका अध्यक्ष खेमराज साउँदले बताएका छन ।

एमसीसी नेपालको हितमा नरहेकोले यसको खारेजी हुनुपर्ने माग सहित प्रधान मन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको साउदले बताए । त्यसै गरी पटक पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरी नागरीकको ढाड सेक्ने गरेकोले देउवा सरकारले तत्काल तेलको मुल्य घटाउनु पर्ने माग सहित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सोही क्रममा बाजुराको तल्लो क्षेत्रमा यातायाता ब्यबासायीहरुले मनोमानी भाडा लिने गरेको कुरा सहायक प्रमुख जिल्ला अधिकारी संग छलफल समेत गरेको अखिल क्रान्तीकारी बाजुराका अध्यक्ष साउँदले बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार