मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाचार
  • भीम रावलको प्रश्न : कुन कानुनअनुसार एमसीसी टेबल हुँदैछ ?

भीम रावलको प्रश्न : कुन कानुनअनुसार एमसीसी टेबल हुँदैछ ?

  • आइतवार, फाल्गुन ८, २०७८
भीम रावलको प्रश्न : कुन कानुनअनुसार एमसीसी टेबल हुँदैछ ?

नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना कुल्चेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै नेता रावलले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति विनै एमसीसी कसरी टेबल भयो ? भनेर प्रश्न गरे । उनले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै कुन कानुन अनुसार एमसीसी टेबल गरिएको जवाफ दिन माग गरे ।
‘जुन विषय नेपालको स्वभिमान, आत्मसम्मानसँग सम्बन्धित छ । जनताको भावना विपरित एमसीसी अघि बढाउनु आपत्तिजनक छ’। रावलको भनाइ छ । उनले संविधानको धारा २७९ अनुसार यस्ता विषयमा संसदबाट अनुमोदन गर्दा दुई तिहाई बहुमत भनिएको भन्दै अन्यथा संघीय कानुन अनुसार भनिएपनि संघीय कानुन नबनाएको भन्दै ‘खै संघीय कानुन ?’ भनेर प्रश्न गरे । उनले विदेशीहरूसँग त्रसित भएर, नेपाली जनताका आवाज कुल्चेर एमसीसी टेबल गरेर संसद, स्वतन्त्र र सार्वभौम जनताको अपमान गरिएको बताए ।

आइतबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले नाराबाजी गर्दै संसदको बेल घेराउ गरेका थिए । उनीहरुको विरोधकै बीच नेता रावल, माओवादीका देव गुरुङ, नेमकिपाका प्रेम सुवाल र जनमोर्चाका दुर्गा पौडेललाई सभामुख सापकोटाले बोल्न समय दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार