बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • अब शेरबहादुर देउवाले के गर्लान?

अब शेरबहादुर देउवाले के गर्लान?

  • शनिबार, फाल्गुन ७, २०७८
अब शेरबहादुर देउवाले के गर्लान?
        सुरेशकुमार पान्डे

आफुलाई सत्तामा पुराएका चोलेन्द्र शंशेर लाई महाअभियोगमा हालेर भयपनि एम सीसी पारित गराउँन कम्मर कसेका देउवालाई अहिले ठुलो झट्का लागेकोछ।अहिले गठबन्धन बाट एम सीसी पारित नहुने देखेपछि कांग्रेस अध्यक्ष शेरबहादुर देउवा भौख्लाएकाछन।
अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी परियोजना संसदमा टेबल गर्ने र पास गराउने निर्णयमा पुगेका छन् ।
कांग्रेस उच्च स्रोतका अनुसार अब देउवा गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई साथै लिएर एमसीसी परियोजना पास गराउने गृहकार्यबाट पछि हट्न थालेका छन् । उनले रणनीति परिवर्तन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग मिलेर परियोजना पासगराउँने प्रयासमाछन।
यदि यो एमाले र कांग्रेसको गठबन्धन भयो भने संसदबाट एम सीसी पारित हुन सक्ने देखिन्छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलिले पनि यही चाहन्छन किन कि एम सीसी पारित गराउँनमा उन्ले धेरै पहिले देखि जोडलगाएका थिए।त्यो वेला प्रचण्डले संसदमा काम हुन नदिएको भन्दै झण्डै दुई तिहाई रहेको सरकारलाई बिघटन गर्न समेत उनि पछि परेका थिएनन्।आफ्नै सरकारलाई गलहत्य लगाएर अमेरिकी साम्राज्यबादको एमसीसी लाई पारित गर्न खोज्ने ओलि सरकारमा गयभने फेरी पनि यो खतरा झन बढेर जानेछ।
अमेरिकी साम्राज्यबादले यो खेल धेरै पहिले देखि खेल्दै आएको थियो। सबैभन्दा पहिले डा.बाबुराम बट्टराई प्रधान मन्त्री भयको बेला बि.स.२०६८मा यसले देश भित्रिने मौका पाएको थियो उनैले बिप्पा सम्झौता पारित नभय देश “मर्ज” हुन सक्ने भ्रम सिर्जना गरेर त्यो वेला जनतालाई भ्रममा पारेकाथिए।त्यहि वेला अमेरिकि एजेन्शिको घुषपेठ भयको हुनसक्छ।हामि संग त्यसबारेमा आधिकारीक प्रमाण नभयपनि उन्को ब्यबहारे पुष्टी गर्दै आएकोछ उन्ले एम सीसीलाई पारित गराउँन माग गर्दै आएकाछन।
अमेरिकी एजेन्शिले सुस्त सुस्त नेपाली नेताको नाडी छाम्दै मौका ढुकेर बसेको थियो।
सन२०१७मा एकिकृत एमाले र माओवादीको सरकार बनेको वेलामा शडयन्त्र मुलक तरिका बाट अमेरिकि प्रतिनिधि जोनाथन नाशलाई नेपालमा पठाएर तत्कालिन परराष्ट्र मन्त्री ज्ञानिन्दर बहादुर कार्कीलाई हश्तक्षर गर्न लगाएर नेपाली कांग्रेस र एकिकृत माओवादीले त्यो एम सीसीलाई भित्राएपछि यो खेल अगाडी बढ्यो।
हाम्रा नेताहरूको अदुरदर्शियता र लोभि पाराले गर्दा देशलाई पटक पटक नोक्सान ब्यहोर्नु परेकोछ।उनिहरू आर्काको भरमा खास गरेर छिमेकी देशको भरमा कार्यक्रम निर्धारित गरेका हुन्छन।आर्काको बैसाखीले कत्न पुग्गिन्छ?एमालेले गरेको टनकपुर परियोजनमा राष्ट्रघातलाई जनताले भुलेका छैनन् त्यो वेलापनि राष्ट्रघातमा मुछिएका नेपाली कांग्रेस र एमाले हुन यिनिहरूले कुनैवेलामा पनि देशलाई हित हुनेकाम गरेको देखिदैन सधै आफ्नो भागबण्डामा लड्दै भिड्दै देशको ढुकुटी रित्ताउँदै आएको इतिहाशछ।
जनता र कार्यक्रता त कमोवेसी सबै पार्टीहरूमा देशभक्त हुन्छन तर देशभक्त हुँदाहुँदैपनि ति नेताहरूले गरेको गलत कृयाकलापको बिरोध गर्न सक्दैनन् परिणाम देश दुरगति तिर जान्छ।
अहिले राजमोे प्रचण्ड लगायतका चार दलहरूले नमानेपछि एम सीसी टेवुल हुन नसक्दा प्रधान मन्त्रीलाई कंहा जाउँ के गरौं भयकोछ र छटपटी लागेको अबस्थामा उन्ले गठबन्धनलाई भत्काएर नयाँ गठबन्धन तिर लाग्ने कोसिशगर्नेछन वा चुनावको घोषणा गर्छन योनै सर्बत्र चासोको बिषय बनेकोछ।किन कि एम सीसी टेवुल हुन नसकेपछि उनि बौखलाएकाछन।उनका मन्त्रीहरूले भने एक्लै भयपनि कांग्रेसले एम सीसीलाई संसदमा पेसगर्छ र त्यसपछिको अबस्था सँग सामना गर्नसक्ने सामर्थपनि हामिसँग छ भन्दै बक्तब्य दिंदै गरेकाछन।शेरबहादुर देउवाले अंझै पनि क. प्रचण्ड संग आस गरेकाछन उन्ले तिनवटा बिक्लप दिएकाछन संसदमा टेवुलगर्ने वेला प्रचण्डलाई मौन रहने बिरोध नगर्ने वा बिपक्षमा मतदान गर्ने वा अनउस्थित रहने जस्ता बिषय बताएकाछन भनेर भन्निन्छ।अहिले पनि कांग्रेसलाई बिपक्षमा रहेका एमालेले एमसीसीको पक्षामा मतदान गर्छन भन्ने लागेकोछ एमसीसीको पक्षमा ८४जना छन भनेकाछन र बिपक्षमा त्यो भन्दा कम त्यसैले यो पारित हुन्छ भन्ने उन्लाई लागेकोछ।
आखिर कांग्रेस र एमालेलाई राष्ट्रीयता र गणतन्त्रको चिन्ता भन्दा बिदेशको दलाली कसरी गर्नेमा नै तछाड मछाड हुँदै आएको इतिहाश पनिछ।कांग्रेसको त चरित्रनै दलाल पुँजिपति बर्गको रहेकोछ तर एमाले जस्तो आफुलाई कम्युनिष्ट भनेर नथाक्ने पार्टीबाट जनतालाई सधै बढी भ्रम हुनेगर्छ।जनताले अहिलेपनि एमालेलाई कम्युनिष्ट भन्दै आफ्नो अमूल्य मत दिंदै आएकाछन।एमालेमा हजारौं गरिब श्रमजीवीहरू समेत जोडिएकाछन त्यसैले पनि एमालेले कम्युनिष्टको लोगों छाड्न सकेकोछैन तर यो झनपछि झन कांग्रेसलाई समेत उछुनेर बिदेशीको दलाली गर्ने गर्दै आएकोछ।बिगतका दिनमा केपि शर्मा ओलिले प्रतिगामि खेल र बिदेशीको दलालि खुल्लम खुल्लम रूपमा गरेका थिए।त्यसैको परिणाम यो पांचदलिए गठबन्धन हुन पुगेकोहो।राजमोले सधैभरी राष्ट्रियता गणतन्त्र र जनजीवीकाको लागि शंघर्ष गर्दै आएको एउटा क्रान्तिकारी पार्टीहो जस्ले आफैभित्रपनि लगातार सम्झौतिहिन शंघर्ष गर्दै आएकोछ।देशभन्दा माथि पार्टीगत स्वार्थ हुन हक्दैन भन्नेकुरा राजमोको कार्यनीतिले प्रष्ट पार्दै आएकोछ।आकारमा ठुलो हुनुभन्दा ब्यबहारमा चोखो हुनुपर्छ भन्ने मत राख्दै शंघर्षको मैदानमा कूंदेकोछ।
अहिले देश झनपछि झन तरल अबस्थामा गएको वेला जनताहरूको शक्तिलेनै देशलाई अखण्ड राख्न सकिन्छ।
अहिलेको अबस्था अत्यान्तै तरल बन्दै गयकोछ।भोलिको दिनमा केपी शर्मा ओलि र कांग्रेस मिलेर सरकार बनाएपछि झनै ठुलो दुर्घटना देशले भोग्नुपर्नेछ।अहिले त्यो हुनुभन्दा पहिले तमाम बुद्धिजीवी पत्रकार राजनीतिक पार्टी र देशभक्तहरूको एकताले मात्र त्यो दुर्घटना रोक्न सक्नेछन।

चर्चामा

सम्बन्धित समाचार