• होमपेज
  • समाज
  • २२ बर्ष पछि मार्तडी कोल्टि सडक खण्ड कालोपत्रे हुदै

२२ बर्ष पछि मार्तडी कोल्टि सडक खण्ड कालोपत्रे हुदै

  • शनिबार, फाल्गुन ७, २०७८
२२ बर्ष पछि मार्तडी कोल्टि सडक खण्ड कालोपत्रे हुदै

जँग रावल/बाजुरा–निर्माण कार्य शुरु भएको २२ बर्षपछि बाजुराको सदरमुकाम मार्तडी बाट कोल्टि सडक खण्ड कालो पत्रेको काम शुरु भएको छ । शुदुरपश्चिम प्रदेश सरकारको गौरबको योजनाका रुपमा रहेको यो सडक खण्डको ४१ किलोमिटर कालोपत्र प्रक्रिया अगाडि बढेको छ ।
२०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी-कोल्टि सड्क २२ बर्ष पछि कालोपत्रेको काम शुरु भएपछि स्थानिय खुशी भएका छन् । शुदुरपश्चिम प्रदेश सरकार र संघ सरकारले मार्तडी कोल्टि सड्क खण्ड कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन गरेर काम अगाडि बढाएको छ ।
९ किलोमिटर सडक खण्डमा सडक चौडा देखी वालहरु हाल्ने काम सम्पन्न भएर कालोपत्रे गर्ने तयारीमा पुगेको छ । बिचमा ६ किलोमिटर चुथी देखी ढम्कने सम्मको ठेकेदारले भने अलि सुस्त काम गरिरहेको छ । ढम्कने देखी कोल्टि सम्म तेस्रो पिसमा सडक चौडा बनाउने काम भइरहेको छ । बिचमा कोभिडले काममा बाधा गरेको थियो । अहिले भने तिब्र गतिमा काम भइरहेको छ । ९ किलोमिटर असार मसान्त सम्म कालेपत्रे गरिसक्ने काम भइरहेको धुलिखेल गाल्भा श्याम एण्ड शंकर जे.भी.का प्रतिनिधि दिप्रेन्द्र शाहिले वताएका छन् ।
प्रदेश सरकारले यो सडकलाई बहुबर्षिय योजनामा अघि सारेको सडक पुर्वाधार विकास कार्यलय साँफेबगर मार्फत सडकमा काम भइरहेको आयोजना प्रमुख रुद्ध बोगटीले वताएका छन् । मार्तडी कोल्टि सडक खण्ड बिगत स्तरोउन्नती नहुँदा निकै सास्ति भोग्नु परेको थियो । अहिले बाटो चौडा देखी कालोपत्रे शुरु भएपछि आवतजावतमा सहज हुदै गइरहेको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् ।
बिगतमा ४१ किलोमिटरमा ३५ करोड भन्दा बढि खर्च भइसकेको थियो । तर सड्क खण्डमा गाडि तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका थिए । अबस्थित सड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने थिए । यो सडक कालोपत्र पछि बाजुराका बुढिनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिकखापर गाउँपालिका सँगै हुम्ला, मुगुका बासिन्दालाई निकै सहज हुने भएको प्रदेश सांसद बल्देब रेग्मिले वताएका छन् ।
२०५६ फाल्गुण ७ गते तत्कालिन जिल्ला सभापति लाल बहादुर थापाले उक्त सड्कको शिलन्यास गरेका थिए । शिलन्यासका बेला २०६० सम्म कोल्टिमा गाडि पुयाईसक्ने लक्ष्य राखेको थियो । तर बजेट ब्यबस्थापन र द्धन्द प्रक्रियाले काम अघि बढन सकेको थिएन् । सडक सञ्चालन हुने भएपछि बिरामी सुत्केरीलाई अस्पताल सम्म पुयाउनमा निकै सहज हुने भएको छ ।
यो सडकमा कामका लागि खाद्यन्न कार्यक्रम बाट २७ करोड ४० लाख, जिविस बाजुरा बाट ८ लाख, कणर्ाली वरीपरीको कार्यक्रम बाट ३६ लाख र उत्तरी क्षेत्रका गाबिस बाट २१ लाख र सड्क बिभाग बाट ५ करोड गरि ३३ करोड ५४ लाख ५ हजार, बडिमालिका नगरपालिका बुढिन्नदा नगरपालिका बाट १ करोड भन्दा बढि खर्च थियो । सडक कालोपत्रे हुने सँगै यो क्षेत्रको पर्यटन, कृषि लगायतका क्षेत्रमा ठुलो टेवा पुग्ने देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार