शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • जगन्नाथ
  • सामुदायीक स्वास्थ्य केन्द्र जगन्नाथमा निशुल्क टेलिमेडीसिन सेवा संचालनमा

सामुदायीक स्वास्थ्य केन्द्र जगन्नाथमा निशुल्क टेलिमेडीसिन सेवा संचालनमा

  • शुक्रबार, फाल्गुन ६, २०७८
सामुदायीक स्वास्थ्य केन्द्र जगन्नाथमा निशुल्क टेलिमेडीसिन सेवा संचालनमा

बाजुरा — बाजुरा जिल्लाको दुर्गममा रहेको जगन्नाथ गाउँपालिकाको वडा न ६ मा रहेको सामुदायीक स्वास्थ्य केन्द्रले निशुल्क टेलिमेडिसिन सेवा संचालनमा ल्याएको छ । काठमाण्डौका डाक्टरहरु संग भिडियो कल मार्फत सो सेवा दिईने भएको हो ।
जगन्नाथ गाउँपालिकाको सो स्वास्थ्य चौकीका प्रमुख अमर बुढा र गाउँपालिकाको समन्वयमा सो सेवा सुचारु गरिएको स्वास्थ्य चौकीका प्रमुख अमर बुढाले बताएका छन ।
जगन्नाथ गाउँपालिका दुर्गम ठाउँमा रहेको भए पनि गाउँमै फोर जि सेवा संचालन भए संगै टेलिमेडिसिन सेवा सुचारु गरिएको स्वास्थ्य केन्द्रका प्रमुख बुढाले बताएका छन । ओपिडी सेवा लिन आएका सबै नागरिकहरुको स्वास्थ्य अबस्थाका बारेमा काठमाण्डौमा रहेको एमबिबिएस डाक्टरहरुले जाचँ गरिने बुढाको भनाई रहेको छ । सामुदायिक स्वास्थ्य केन्द्रमा निशुल्क टेलिमेडिसन सेवा सुचारु भयको भन्दै सेवा लिनको लागि सेवाग्राही स्वास्थ्य संस्थाले अनुरोध समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार