• होमपेज
  • राजनीति
  • स्थानीय तहको चुनावका लागि साढे दुई लाख जनशक्ति आवश्यक

स्थानीय तहको चुनावका लागि साढे दुई लाख जनशक्ति आवश्यक

  • शुक्रबार, फाल्गुन ६, २०७८
स्थानीय तहको चुनावका लागि साढे दुई लाख जनशक्ति आवश्यक

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ। निर्देशिका स्वीकृत भएपछि निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने कार्य सहज रूपले अगाडि बढ्ने आयोगले जनाएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनमा आयोगको दरबन्दीबाहेक दुुई लाख ६५ हजारभन्दा बढी कर्मचारी आवश्यक पर्ने बताए। देशभरि २३ हजार पाँच सय मतदान केन्द्र हुने आयोगले अनुमान गरेको छ।

पाँच सय मतदाता हुने मतदान केन्द्रमा सात जना र सोभन्दा बढी मतदाता हुने केन्द्रमा नौ जना कर्मचारी आवश्यक हुने मापदण्ड निर्धारण गरिएको छ। गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन्।

चर्चामा

सम्बन्धित समाचार