• होमपेज
  • समाचार
  • बाघको आक्रमणबाट मरे दुई गैँडा

बाघको आक्रमणबाट मरे दुई गैँडा

  • बिहिबार, फाल्गुन ५, २०७८
बाघको आक्रमणबाट मरे दुई गैँडा

चितवन — चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन्। एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा बुधबार मृतावस्थामा फेला परेका हुन्। बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको उनले बताए।

माउलाई भालेले आक्रमण गरेको हुनसक्ने आचार्यको भनाइ छ। ती गैँडाका खाग र खुर सुरक्षित रहेका छन्। चालु आर्थिक वर्षमा २७ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरीशिकारीको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक र मानवीय त्रुटिका कारणले मरेका हुन्। रासस

चर्चामा

सम्बन्धित समाचार