शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • एमसिसीको विरोधमा बाजुरा बन्द सँगै बिरोध प्रदर्शन

एमसिसीको विरोधमा बाजुरा बन्द सँगै बिरोध प्रदर्शन

  • बुधबार, फाल्गुन ४, २०७८
एमसिसीको विरोधमा बाजुरा बन्द सँगै बिरोध प्रदर्शन

बाजुरा — एमसिसीको विरोधमा बाजुरामा बन्द र बिरोध प्रदर्शन भएको छ । एमसिसिको विपक्षमा रहेका दलहरुले आज नेपाल बन्दको घोषणा गरेसंगै बाजुरामा समेत बन्दको प्रभाव परेको हो । बाजुरामा अखिल क्रान्तिकारीको अगुवाइमा बिरोध प्रदर्शन भएको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका सचिब प्रेम बिकले वताएका छन् ।
बजारमा प्रदर्शन सँगै लोकतान्त्रिक चोकमा कोड सभामा परिणत भएको थियो । कोण सभामा विप्लब बाजुराका सचिब भुप्रेन्द्र बिक, नेकपा माओवादि केन्द्रका प्रदेश सदस्य मान बहादुर बिक, कमल कुमारी शाह सहभागिता रहेको थियो । त्यस्तै गोरख सार्की खेम साउद लगायत नेता तथा कार्यक्रताको सहभागिता रहेको थियो ।
बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि बाजुरामा नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बाजुरा र बैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल बाजुराको अगुवाईमा मार्तडीमा रहेका बजार र विद्यालयहरु बन्द गरेको थियो ।
राष्ट्रिय स्वाधिनताको रक्षा गरौं राष्ट्रघाति एमसिसी विरुद्ध फागुन ४ गते आज नेपाल बन्द गरौ भन्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बाजुरा र बैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल बाजुरा सडकमा उत्रेको हो । दुवैदलहरुले बुधवार विहानैबाट बाजुराको सदरमुकाम मार्तडी बजार सहित जिल्ला भित्रिने र बाहिरीने यातायातका साधानहरु बन्द गराएका छन् ।
एमसिसीको विरोधमा सडकमा उत्रेका नेकपा, बैज्ञानीक समाजवादी यी दुवैदलहरुलाई नेकपा माओवादी केन्द्रका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार