• होमपेज
  • समाचार
  • नयाँ बानेश्वर र बबरमहलबाट ८६ प्रदर्शनकारी पक्राउ, एक घाइते

नयाँ बानेश्वर र बबरमहलबाट ८६ प्रदर्शनकारी पक्राउ, एक घाइते

  • बुधबार, फाल्गुन ४, २०७८
नयाँ बानेश्वर र बबरमहलबाट ८६ प्रदर्शनकारी पक्राउ, एक घाइते

यथास्थितिमा एमसिसी संसदमा टेबुल हुन लागेको विषयमा विरोध गर्न निस्किएका ८६ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नयाँ बानेश्वर र बबरमहल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकरी दिएका छन्।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ। झडपमा एकजना घाइते भएका छन्। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याससहित लाठी र पानीका फोहोरा हानेको थियो। सो क्रममा एक प्रदर्शनकारी घाइते भएका राठौरले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार