धनगढी — सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडीमा तोडफोड भएको छ। बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले बुधवार बिहान बाँकेको कोहलपुरमा उक्त गाडीमा तोडफोड गरेका हुन्।
काठमाडौंबाट धनगढी आउँदै गरेको ००१ झ ४०१ नम्बरको गाडीमा टोडफोड गर्दा सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले बताए। अहिले सो गाडीलाई मन्त्रालय पठाइएको उनले बताए।