शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • मेरुदण्ड भाँच्चिएकि सुन्तला १२ बर्ष देखी ओछ्यानमा (भिडीयाे सहित)

मेरुदण्ड भाँच्चिएकि सुन्तला १२ बर्ष देखी ओछ्यानमा (भिडीयाे सहित)

  • मङ्लबार, फाल्गुन ३, २०७८
मेरुदण्ड भाँच्चिएकि सुन्तला १२ बर्ष देखी ओछ्यानमा (भिडीयाे सहित)
तस्बिर : बाजुराको खप्तडछेडेद गाउँपालिका ७ बस्ने ४८ बर्षिय सुन्तला बुढा घास काट्ने बेला रुख बाट लडेर मेरुदण्ड भाँच्चिएकि थला परेकी छन् ।

बाजुरा — रुख बाट लडेर मेरुदण्ड भाँच्चिएकि सुन्तला १२ बर्ष देखी ओछ्यानमा जिवनमरणको दोसाधमा रहेकि छन् । बाजुराको खप्तडछेडेद गाउँपालिका ७ बस्ने ४८ बर्षिय सुन्तला घास काट्ने बेला रुख बाट लडेर मेरुदण्ड भाँच्चिएको थियो ।
रुख बाट लडेकि सुन्तलालाइ उनका आफन्तले भारतमा उपचार गरेका थिए । मेरुदण्डको अप्रेसन पछि चारवटा रड हालेका छन् । अस्पतालले रड निकाल्नु पर्ने वताएपनि उनले आर्थिक अभाबमा १२ बर्षदेखी निकाल्न नसकेको वताईन् । उनको कम्मर तलको शरिर चल्दैन्, दिशापिसाब गर्न पनि घ्रिसेर जाने गरेकि छन् ।
सुन्तलाका श्रीमान जय बहादुर बुढाको तिन बर्ष पहिला मृत्यु भएको थियो । सुन्तलाका नाबालक एक छोरा मात्र रहेका छन् । सुन्तलाले आर्थिक अभाबमा ह्रील चियर समेत किन्न नसेको वताएकि छन् । रड निकाल्ने तथा थप उपचार त धेरै टाढाको बिषय हो, पैसा नहुदा शौचालय जान घरको आगनमा यताउति गर्न पनि ह्रील चियर किन्ने पैसा नभएको स्थानिय धन बहादुर बुढाले वताएका छन् ।
सुन्तलाको छोरा महेश बुढा कक्षा १२ मा पढने गरेका छन् । आमालाइ स्याहार सुसार गर्न पनि समस्या रहेको छ । दैनिक छाक टार्न निकै समस्या छ, उपचार तथा ह्रील चियर किन्न त धेरै टाढाको बिषय रहेको महेश बुढाले वताउका छन् । कम्मर तलको पुरै भाग दुख्ने गरेको छ, सामान्य दुखाइ कम गर्ने औषधि किन्ने पैसा समेत नभएको महेशले वताए । उपचारका लागि अस्पताल बाजुरामा सम्म ल्याएको भएपनि यहाँ केही नहुने वताएपछि घर लगेका थिए ।
स्थानिय सत्य रोकायाले भनिन्, उपचार तथा ह्रील चियर किन्नलाई बिभिन्न निकायमा आग्रह गर्दा पनि कतै बाट सहयोग नभएको वताएका छन् । सुन्तला दुखाइ र पिडाले रुएर नै दिन काट्ने गरेको वताईन् । कसैले दिएपछि खाने गर्छु, अरुले दिएको लुगाफाटो लगाउने गरेको सुन्तलाले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार