अमेरिकाले के भन्यो चीनले केभन्यो भन्नुभन्दापनि हामिले हाम्रो देश कसरी बनाउंने देशका जनताको के राय सल्हाछ भन्नेबारे चिन्तित हुनुपर्छ।नेताहरूले धेरैजसो बिदेशीहरूको बुईचडेर आफ्नो कान नछामी कौवाको पछि भाग्न खोज्छन त्यसैले गर्दा हाम्रो देशले निकास नपाएकोहो।कुन नीति ल्यायर हाम्रो देशलाई फाईदा पुग्छ भन्नेबारे हामिले गहन अध्यायन गर्नुपर्छ।अहिले अमेरिकाले देशलाई सैनिक क्यामप बनाउँन खोजिरहेको वेलामा नेपाली राजनीतिक शक्तिहरू एकजुट भयर देशमा मैत्रिपुण छलफल गरेर जुन नीतिले देशलाई फाईदा पुग्छ त्यही नीति अप्नाउँन सक्नुपर्छ।
देशमा राजनीतिक पार्टीहरू थुप्रैछन उनिहरूका बिचार नीति भिन्दा भिन्दैछन तर देशको लागी एकमना एकता हुनुपर्छ।सबैभन्दा पहिलो हाम्रो देशहो त्यसपछि मात्र हाम्रा राजनीतिक बिचार हुनुपर्छ भन्नुको तात्प्रर्य राजनीतिक स्वार्थ भन्दा माथी देश हुनुपर्छ।
राजनीति भनेको त देशभित्रको समाजलाई कुन दिसादिने देशको बिकाश कसरी गर्ने त्यो बिषयहो तर देश सबैभन्दा पनि माथी हुनुपर्छ।
हाम्रा ठुला राजनीतिक शक्तिहरू जव सत्ताबाहिर हुन्छन त्यो वेला देशका उन्नति बिकाशको पक्षमा बिदेशीहरूको हश्तक्षेपको बिरूद्धमा आवाज उठाएका हुन्छन आन्दोलित हुन्छन तर त्यही पार्टी सरकारमा गयो भने त्यो सबै बिर्शेर साम्राज्यावादीहरूको ईसारामा उनिहरूले भनेको जस्तै उनैको साज र संगितमा नाच गान गर्न थाल्छन।
लामूसमय सम्म राणा र राजाले तानाशाही ब्यबस्था लाधेको अनुभव र भुक्तभोगी हुँदा हुँदैपनि देशभित्रका राजनीतिक शक्तिको प्रतिगामी भन्ने केहो हामिले कुन पाईला चालेपछि देशलाई स्वतन्त्र राख्न सक्छौ भन्ने बिषयलाई उनिहरूले बिर्शिन्छन।
राजनीतिक शक्तिहरूले हाम्रो देशको भुगौलिक अबस्था कस्तोछ हामी केकस्ता देशहरूको चपेटमाछम?अनि थोरै बेलेन्श बिग्रियो भने हाम्रो देशको अबस्था कस्तोहोला त्यो कुरा झनै पटक्कै भुलीसकेका हुन्छन।
कसैले क्रान्तीका नामका गफलगाएर उग्रवाम्पन्थी गतिबिधी गर्न पछि पर्दैनन् कसैले बिदेशीहरूको चाक्क्री गरेर आफ्नो सत्ता कायम राख्ने र उनिहरू संग कमिसन खाएर धन कमाउँने तिर ब्यस्थ हुन्छन।
अमेरिकी साम्राज्यवादले हाम्रो देशलाई जबर्जस्ति सहयोग गर्छ त?उ आफै पनि बिस्वकालागी एउटा आतंककारी देश बनेकोछ।संसारभरीका मुक्तिकर्मीहरूको आन्दोलनलाई कुचल्ने उस्को नीतिरहेकोछ।साम्राज्यवादले आफुलाई संसारको एक्लौटो महाशक्ति बनिरहने जिज्ञाशा बोकेर एमसीसी जस्तो बिषलाई आर्थीक अनुदानको लिवाशमा ढाकेर एसियामा छिरेकोछ।हाम्रो देशलाई उस्ले एमसीसीलाई लागुगर्न दवाब दिंदै आएकोछ पटक पटक म्याद थप्दै देशका मुख्य मुख्य ठुला नेता भनाउँदा हरूको घर घर घुमाउँदैछ।हाम्रा देशका लाछि र भोका नेताहरूले कमिसन पाउँदा बित्तिकै उतैतिर लम्किएका हुन्छन।राता रात एम सीसीको पक्षमा उभ्भिनेहरूको कमिछैन।तरपनि कतिपय सच्चा राष्ट्रिय जनमोर्चा जस्ता देशभक्त राजनीतिक शक्तिहरू लगायतको लगातार बिरोध र जनताहरूको बिरोधले त्यो सफल हुन सकेकोछैन।
हिंजो टनकपुरको सम्झौता जव गिरिजाप्रसाद कोईरालाले गरेकाथिए त्यो वेला एमालेले उफ्रि उफ्रि बिरोध गरेको थियो पछि त्यही एमालेले आफ्ना कार्यक्रतासमेतलाई फौजि घेराभित्र राखेर त्यो टनकपुरको सम्झौतालाई पारित गराउँन सफल भयो।अरूले त्यही काम गर्दा राष्टघाती आफुले गर्दा देशभक्ती यस्तो सोंच भिरेका ब्याक्तीहरू वा राजनीतिक शक्तिको कमिछैन।
त्यो वेलाको जस केपी शर्मा ओलिले लिएका थिए।अहिले पनि एमसीसीको जसलिन उनले न्वारान सम्मको कोसिश गरेकाहुँन तर त्यो पारित हुन सकिन।यस बिषयमा प्रचण्ड पनि ओलि भन्दा एक पाईला अगाडीहुन।उनले पनि त्यही एमसीसीको जस ओलीलाई लिन नदिने र त्यो जस आफुले लिनलाई ओलि सँग पार्टीलाई टुक्रा पारेका थिए।हामिले त्यो वेला ओलिलाई मात्रै दोश दिएका थिएनौ प्रचण्डले ओलिलाई काम गर्न नदिएको ओलिले बारमबार आरोप पनि लगाएकाथिए।त्यो बिषय यहि एमसीसीको जस कस्ले लिनेमा यिनि दुबैको आपसमा मनमुटावा भएको थियो।आम कार्यक्रता र जनतालाई गुमराह गराएर आ आफ्नो स्वार्थको खेल खेल्दै आएकाछन।
यिनि दुबैजना र डा. बाबुराम भट्टराई अनि शेरबहादुर देउपा समेत अन्य कतिपय उपल्लो ओहोदामा बसेकाहरू यो एमसीसीलाई पारित गराउँने कोसिशमाछन।जनताको ब्यापक बिरोधले गर्दा अहिले सम्म यो पारित हुन सकेकोछैन तर पनि यिनिहरूले मिलेर कमिसन निकासा गरिसकेकाछन त्यसैले गर्दा अमेरिकाले बारमबार धम्काउँदैछ।
हाम्रो देश कस्तो बनाउँने,को संग हामिले अनुदान लिने कुन सँग नलिने अनुदान भनेर कस्तोलाई बुझ्ने यो नागरिकहरूको हकको र अधिकारको कुराहो।कसैले अमेरिकाले दबाब दियो भन्दैमा एमसीसीलाई पारित गर्नेभन्छ भने त्यो या त डरपोकहो वा त्यो साम्राज्यवादको दलालहो।
बिप्पा पारित नगर्नेहो भने देश “मर्ज” हुन सक्छ भनेर एकन ताक बाबुराम भट्टराईले जनतालाई धमँकाएका थिए।उनि प्रधान मन्त्री हुँदा बित्तिकै विप्पालाई भित्राएकाथिए।
यिनि कतिपय देशका नव लैण्डुपहरू हुन ईतिहाका खलपात्रहरू हुन।यिनलाई न त देशको चिन्ताछ न जनताको चिन्ताछ।मात्रृत्वभुमिलाई धितो राखेर आ आफ्नो स्वार्थ पुरागर्न कमर कसेका नव लेण्डुपेहरूले देशलाई सिक्किम बनाउँन थालेकाछन।तर इतिहाशलाई अध्यायन गर्दा हामिले काजी लेण्डुप दोर्जेको जहान समेतले उन्लाई त्यागेको र सिक्किममा बस्न नसकेर देरादुनमा सरणलिन पुगेको इतिहाश भेट्टिन्छ।