मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • पीडा हुदाँ पीडा नसुन्ने नेता, अब भोट माग्न गाउँ पस्दै भोटका भोकमारा

पीडा हुदाँ पीडा नसुन्ने नेता, अब भोट माग्न गाउँ पस्दै भोटका भोकमारा

  • शुक्रबार, माघ २८, २०७८
पीडा हुदाँ पीडा नसुन्ने नेता, अब भोट माग्न गाउँ पस्दै भोटका भोकमारा

अर्थ जङ्ग शाही/बझाङ– आउँदो बैशाख ३० गते हुने भनिएको स्थानिय चुनावको चहलपहल चाँरैतिर चलिरहेको छ। फेरि गरिब जनतालाई झुटो आश्वासन दिएर तपाईको एउटा अमूल्य मत खोस्नको लागी नेताहरु गाउँ पस्न लागि परिरहेका छन्। एक त गरिबी, त्यसमाथि शिक्षा र चेतना अभाव ।

अभावमा बाँचेको यो समुदायको भोटले धेरै नेताको जिन्दगी फेरियो तर उनीहरूको अवस्था उस्तै दयनीय छ । अहिले चारैतिर चुनावी चहलपहल छ । ‘यस ठाउँमा कत्तिको चुनाव लागेको छ ?’ जिज्ञासा राख्दा त्यो ठाउँकि केउडी देवी सिँह एकछिन चुप लागिन् । एकछिन घोरिएपछि उनले भनिन्, ‘केको चुनाव लाग्नु, चुनाव त धनीहरूलाई लाग्छ । हामी गरिब कमजोर मतदातालाई भरोसा बाँड्छन, बलियालाई पैसा छ । हामीसँग त धम्क्याएरै भोट लिन्छन् ।’ उनले चुनावी अनुभूति सुनाइन्, झुप्रोमा बस्ने हामी गरिब नेतासँग दोहोरो बोल्ने साहस हुन्न ।’

नेताहरूलाई विश्वास गर्न सकिने आधार नभएको झुप्रोमा बस्ने बुढी आमाहरुको बेथा रहेको छ।‘चुनावका बेला गाउँ आएका नेता ठूलाठूला प्रतिबद्धता गरेर फर्कन्छन्, आश्वासन बाँडेर जान्छन्’, उनले भनिन्, ‘तर चुनावपछि हाम्रो अवस्था भने उस्तै ।’ चुनावका बेला लोभ्याएर भोट लिई फर्केर अनुहार नदेखाउने नेताका कारण विपन्न समुदायमा चुनावप्रतिको उत्साह घट्दै गएको काँडा गाउँपालिका प्रकास बोहोराको दुख रहेको छ ।

प्रत्येक चुनावमा भोट माग्न आउने नेताले जीवनस्तर फेरिदिन्छौं भन्छन् तर, हाम्रो जीवनस्तर फेर्नेगरी कहिल्यै उनीहरूले काम गरेनन् ।’ सधैं भरोसा बाँडेर भोट लिने तर कहिल्यै फर्केर ‘हाल’ बुझ्न नआउने नेतालाई यसपालि भोट नहाल्ने कँडा गाउँपालिका प्रकास बोहोराको दुख रहेको छ। ‘हाम्रो जीवनस्तर सुधार्न सक्ने उम्मेदवारलाई भोट हाल्छौं’, उनी भन्छन‘हाम्रा लागि आएको सेवासुविधा झ्वाम पार्नेलाई भोट दिन्नौं ।’

चर्चामा

सम्बन्धित समाचार