शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका मिडिया हाउसले बार्षिक उत्सवको अवसरमा ७ परिवारलाई राहत बितरण

बडिमालिका मिडिया हाउसले बार्षिक उत्सवको अवसरमा ७ परिवारलाई राहत बितरण

  • बिहिबार, माघ २७, २०७८
बडिमालिका मिडिया हाउसले बार्षिक उत्सवको अवसरमा ७ परिवारलाई राहत बितरण

बाजुरा — बडिमालिका मिडिया हाउसको बार्षिक उत्सवको अवसरमा जिल्लाका बिभिन्न ठाउँका ७ परिवारलाई राहत बितरण गरिएको छ । बिभिन्न निकायको आर्थिक सहयोग तथा बडिमालिका मिडिया हाउसको समन्वयमा मिडिया हाउसको आर्थिक सहयोगमा राहत साम्रगी बितरण गरिएको हो ।

No description available.

अमेरिकाबाट सलीध्वज जोशीको सहयोगमा बुढिनन्दा नगरपालिका वडा न ७ सेरकाटियाका तिन भाइबहिनी अलपत्र परेको समाचार पश्चात अमेरीकाबाट जोशीले सहयोग गरेका थिए । बुवा बेपत्ता र आमाले अर्को बिहे गरेर गएपछि नावालक दलित तिन भाइबहिनी अलपत्र परेको स्थानियले वताएका छन् ।

No description available.
अलपत्र हुनेमा ९ बर्षको तपेन्द्र विक, ५ बर्षको राजेश विक र ३ बर्षकी जेनिशा विक रहेका छन् । बुवा कमल बिक कतार गएको तिनबर्ष देखी बेखबर रहेका छन् ।

बिदेश गएको तिन महिना सम्म त सम्पर्कमा थिए, त्यसपछि कुने पत्तो नभएको परिवारले वताएका छन् । त्यसै गरी ६ जना परिवारको सहयोगका लागि बडिमालिका मिडिया हाउस र सामाजिक अभियान्ता तथा अमृत ढुगांनाको सहयोगमा चामल दाल नुन तेल र साबुन लागयतको साम्रगी बितरण गरिएको छ । जसमा बडिमालिका नगरपालिका वडा न ७ का हरिभान बिक, बडिमालिका २ का रुपा नेपाली, बडिमालिका ९ का राम बहादुर बिक, गंगा नेपाली, पारु चदारा, र राम बहादुर थापालाई खाध्यान्न सहयोग बितरण गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार