बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • राजनीति
  • स्थानीय तह निर्वाचन रोक्न मेयरले सर्वोच्चमा दिएको रिट निवेदन दर्ता भएन

स्थानीय तह निर्वाचन रोक्न मेयरले सर्वोच्चमा दिएको रिट निवेदन दर्ता भएन

  • बिहिबार, माघ २७, २०७८
स्थानीय तह निर्वाचन रोक्न मेयरले सर्वोच्चमा दिएको रिट निवेदन दर्ता भएन

स्थानीय तह निर्वाचन रोक्न माग गर्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार शाहले दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । भंगाहा नगरपालिका–२ घर भएका शाहले दिएको निवेदन दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले रातोपाटीलाई बताए ।

सरकारले घोषणा गरेको निर्वाचनको मितिका कारण आफ्नो ५ वर्षको कार्यकाल घट्ने शाहले दावी गरेका थिए । तराईका जिल्लामा दोस्रो चरणमा २०७४ असोज ७ मा निर्वाचन भएको थियो । त्यसैले शाहले २०७९ असोज ६ सम्म आफ्नो कार्यकाल रहने दावी गरेका हुन् । तर, सर्वोच्चले ‘बिना आधार निवेदन आएको’ भन्दै दरपीठको निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार