• होमपेज
  • राजनीति
  • सभामुखका कारण संसद चलेन : सांसद थापा

सभामुखका कारण संसद चलेन : सांसद थापा

  • बुधबार, माघ २६, २०७८
सभामुखका कारण संसद चलेन : सांसद थापा

बाजुरा — नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा जिल्लाका प्रतिनिधी सभाका सदस्य लाल बहादुर थापाले सभामुख अग्नीप्रसाद साप्कोटाका कारण सांसद अबरुद्ध भएको बताएका छन । नेकपा एमाले जिल्ला कमिटि बाजुराको पदाधिकारीकाे पहिलो बैठकको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तर यस्तो दिएका हुन । नेकपा एमालेबाट दलिय आचरणको कार्बाहीका लागि १४ जना संसदहरुको कार्बाहीका लागि माग गरेको र सो बिषयमा सभामुखले सुनुवाई नगरेकाकै कारण प्रतिनिधी सभा चल्न नसकेको सांसद थापाले बताए । सभामुखले स्वतन्त्र रुपमा चल्नुपर्ने भए पनि पार्टीको सदस्य सरह काम गरेकै कारण सभा चल्न नसकेको उनले बताए । नेकपा एमालाई दोष मात्रै रहेको र यो भ्रममा कोही पनी नपर्न उनले पत्रकारको प्रस्नको प्रतिउत्तर दिएका छन ।
पत्रकारको एमसीसी बिषयमा एमालेको के धारणा छ भन्ने बिषयमा सांसद थापाले त्यो अहिलेकै गठबन्धन सकारमा निहीत रहेको बताएका छन । २०७४ सालमा नेपाली काग्रेशकै सरकार भएको पालामा भएको निणर्य भएकोले सो बिषयमा नेकपा एमाले प्रष्ट भएको बताए । यस अघि पनि नेपालले अनुदान खाईरहेको र त्यो पनी अुनदानमै आउने भएकोले यसमा एमाले पास गर्नमा कुनै कन्जुस्याईमा नरहेको स्पस्ट पारेका छन । एमालेले उहिल्यै पास गर्ने लाईन थियो तर नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डका कारण रोकीएको उनले बताए ।
अबको चुनावमा नेकपा एमालेका एजेण्डा के हुन सक्छन भन्ने प्रश्नमा सांसद थापाले नेकपा एमाले सरकारमा रहदा गरेका कामहरुलाई लिएर एजेण्डाहरु जनतामाझ देखाउने बताएका छन। नेकपा एमालेकै पालामा देशमा सुरुङमार्ग बनायो देशमा रेल ल्याउन पहल गरेको एमालेकै पालामा उत्तरी क्षेत्रमा अवस्थीत चिनसंगको पारवहन ब्यापार केन्द्रको सुरुवाती लगायत थुप्रै कार्यहरु गरेको उनले बताए ।
नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा संचालन भएको पत्रकार संम्लेनमा सघिंय सांसद नेकपा एमालेका केन्द्रीय सदस्एय तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा रहेका थिए । जिल्ला कमिटि सचिव भरत थापाले संचालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा पार्टीका उपाअध्यक्ष भरत बुढा, उपसचिव हरी रोकाया कार्यलय सचिव तथा प्रचार बिभाग प्रमुख काशी बिक जिल्ला कमिटि सदस्य अमर खड्का, रुक्मेणी शाह, माया कुवर, कल्पना महत लगायतका नेताहरुको उपस्थिती संगै जिल्लामा कृयाशिल पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार