• होमपेज
  • समाज
  • चितवन स्थित जयबुद्ध अस्पतालको शैयामा आर्थिक अभावले छटपटाउँदै बाजुराका हस्ते बुढा

चितवन स्थित जयबुद्ध अस्पतालको शैयामा आर्थिक अभावले छटपटाउँदै बाजुराका हस्ते बुढा

  • मङ्लबार, माघ २५, २०७८
चितवन स्थित जयबुद्ध अस्पतालको शैयामा आर्थिक अभावले छटपटाउँदै बाजुराका हस्ते बुढा

बाजुरा — बाजुराको हिमाली गाउँपालिका वडा न -२ नातीखोलाका हस्ते बुढा जय बुद्धा सामुदायीक अस्पताल चितवनको शैयामा जिनवमरणको दोसाधमा रहेका छन् । आर्थिक अभावमा उनि जय बुद्ध सामुदायीक अस्पतालको बेडमा छटपटाई रहेको आफन्त (भाई) रण बहादुर बुढाले वताएका छन् ।
आर्थिक अबस्था कमजोर भएका हस्ते बुढालाई बाजुरामा क्यान्सर रोगको उपचार नहुने भएपछि थप उपचारका लागि उनलाई जिल्ला बाहिर लगिएका थिए । बुढाको खुट्टामा क्यान्सर भएको अस्पतालले जनाएको छ । उनको अझै २ लाख भन्दा बढि खर्च लाग्न सक्ने अस्पतालले जनाएको छ । उनले यस अघि ५ लाख रुपैया खर्च गरिसकेको अस्पताल श्रोतले जनाएको छ ।
हस्ते बुढाका सबै भेडा बेचेर ५० हजार मात्रै भएको र आफन्तहरुले रिण दिएर ५ लाख जुटाएर खर्च भईसकेको उनका भाई रण बहादुर बुढाले बताए । अहिले दुखाइ कम गर्ने औषधि किन्ने पैसा नहुदा अस्पतालमै छट्पटाइरहेका छन् उनले भने । बुढा बिरामी भएको लामो समय भएपनि उपचार गर्ने पैसा नहुदा घरमै रोग पालेर बसिरहेका थिए । अफ्ठयारो भएपछि गाउँमै ऋण झिकेर  चितवन पुर्याएका भए पनि अहिले उपचारमा पैसा नहुदा समस्या भएको स्थानीय अर्जुन रोकायाले वताएका छन् ।
बुढाको घरमा साना चार छोराछोरी र फरक क्षेमता भएकी श्रीमती मात्र रहेका उनका आफन्तहरुले बताएका छन । ज्याला मजदुरी, थोरै भेटा पालेर बसेका बुढाले अहिले उपचारका लागि सबै भेडा बेचिसकेको बताएका छन । उनी बिरामी भएपछि छोरा छोरी र श्रीमती समेत बिच्चलीमा परेका छन । स्थानीय अर्जुन रोकायाले भने आफुहरुले पनि सहयोग गरेका थियौ, तर अलि धेरै खर्च लागी सकेकोले बेड चार्ज तिर्ने पैशा समेत नभएको अबस्थामा सबैलाई सहयोगको अपिल गरेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार