धनगढी — कैलालीमा मंगलबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिएको छ। प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका-८ जमुनाघाडी चोकमा बझाङ जाँदै गरेको सुपप्र ०१००१ ख २१८६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको से२प ५४०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएरको हो।
दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका-९ बल्मीका ३९ वर्षीय पदम खत्री घाइते भएका र उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बससहित चालक बझाङको बित्थडचीर गाउँपालिका-५ का २८ वर्षीय सञ्जय महरलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।