• होमपेज
  • सुचना प्रबिधी
  • पश्चिमी वायुको प्रभाव कायमै, प्रदेश १ मा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, प्रदेश १ मा हल्का वर्षाको सम्भावना

  • मङ्लबार, माघ २५, २०७८
पश्चिमी वायुको प्रभाव कायमै, प्रदेश १ मा हल्का वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

पश्चिमी वायुकाे प्रभावका कारण देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ।

यस्तै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे छ। अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लागेकाे छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेकाे छ ।

देशका पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकाे माैसमविद्ले जानकारी दिएका छन् ।

यस्तै बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहिबार प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ।

प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार