• होमपेज
  • बडिमालिका
  • बिर अस्पतालको शैयामा आर्थिक अभावमा छटपटाउँदै हरिभान चदारा

बिर अस्पतालको शैयामा आर्थिक अभावमा छटपटाउँदै हरिभान चदारा

  • सोमवार, माघ २४, २०७८
बिर अस्पतालको शैयामा आर्थिक अभावमा छटपटाउँदै हरिभान चदारा

बाजुरा–बाजुराको बडिमालिका-७ जिल्लीका हरिभान चदारा बिर अस्पतालको शैयामा जिनवमरणको दोसाधमा रहेका छन् । आर्थिक अभावमा उनि अस्पतालको बेडमा छटपटाई रहेको आफन्त पदम चदाराले वताएका छन् ।
आर्थिक अबस्था कमजोर भएका हरिभानलाइ अस्पताल बाजुरामा उपचार हुने नभएपछि थप उपचारका लागि अछामको बयलपाटा लगिएको थियो । त्यहाँ पनि उपचार सम्भब नभएपछि कैलालिको सेति प्रादेशिक अस्पता हुदै काठमाडौ पुयाएका छन् । चदाराको मुटु र मृगौला सम्बन्धी समस्या रहेको छ । बिर अस्पतालमा चेकजाँच भइरहेको छ, मृगौला दुबै सुनिएका छन्, उनि सँग रहेका पदमले वताएका छन् ।
हरिभान सँग अहिले दुखाइ कम गर्ने औषधि किन्ने पैसा नहुदा छट्पटाइरहेका छन् । हरिभान बिरामी भएको लामो समय भएपनि उपचार गर्ने पैसा नहुदा घरमै रोग पालेर घरमै बसिरहेका थिए । अफ्ठयारो भएपछि गाउँमै साहुको ऋण झिकेर धनगढी हुदै काठमाडौ पुयाएका भएपनि अहिले उपचारमा पैसा नहुदा समस्या भएको वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् ।
हरिभान जटिल अबस्थामा पुगेपछि मात्र उनलाइ उपचारमा बाजुरा अस्पतालमा ल्याइएको थियो । श्रीमतिको केही बर्ष पहिला आर्थिक अभाबमा उपचार हुन नसकि मृत्यु भएको थियो । घरमा साना चार छोराछोरी मात्र रहेका हरिभान क वर्गको गरिब हुन् । उनि खलिया समेत हुन् । गाउँबाट साहुको ऋण निकालेर उपचार गर्न गएका थियौ, उहि पैसा सकिदा उपचार गर्न समस्या परेको हरिभानका आफन्त पदम चदाराले बताएका छन् ।
हरिभान बिर अस्पतालमा उपचारको लागि हारगुहार गरिरहेका छन् । अस्पतालले सिरिन्ज किन्न पठाएपनि किन्नलाई पैसा नभएको पाईएको छ । हरिभान चदारा बिरामी परेपछि घरमा चार जना छोरा छोरी समेत बिचल्लीमा परेका छन् । ज्याला मजदुरी गरेर परिवार पाल्ने गरेका हरिभान नै बिरामी भएपछि छोरा छोरी समेत बिच्चलीमा परेका हुन् । वडा अध्यक्ष धर्मराज पाध्यायले भने आफुहरुले पनि सहयोग गरेका थियौ, तर अलि धेरै खर्च लाग्ने भएकाले उनलाई आर्थिक समस्या भएको वताए । बाजुरा देखी काठमाडौ सम्म पुग्दा उनको ३० हजार बढी खर्च भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार