आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • चैत ९ गते भुतपुर्ब सैनिक सम्मेलन, बिभिन्न कार्यक्रम गरि मनाईदै

चैत ९ गते भुतपुर्ब सैनिक सम्मेलन, बिभिन्न कार्यक्रम गरि मनाईदै

  • सोमवार, माघ २४, २०७८
चैत ९ गते भुतपुर्ब सैनिक सम्मेलन, बिभिन्न कार्यक्रम गरि मनाईदै

बाजुरा — नेपाली सेनाले चैत ९ गते भुतपूर्व सैनिक सम्मेलन हुने भएकाे छ । नेपाली सेनाको ब्यबस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सुदुरपश्चिमको दिपायलमा चैत ९ गते हुने भएको छ । पश्चिम कमाण्ड हेड क्वाटर अन्तरगत दिपायल क्षेत्र नम्मर ५ बाहिनी अड्डा अन्तरगत बाजुरा लगायत डडेलधुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला र डोटी जिल्लाहरुमा चैत ९ गते सो कार्यक्रम हुने नेपाली सेना कल्याणकारी बोर्डले जनाएको छ । सो को जानकारी सम्बन्धीत जिल्लाका ब्यारेकमा सम्र्पक गरी आफ्नो नाम दर्ता गर्न सकिने बोर्डले जनाएको छ ।

दर्ताका लागि बाजुरामा रहेका भुतपुर्व सैनिकहरूले नेपाली सेनाकाे बाजुरामा रहेकाे ब्यारेकमा नाम दर्ता गर्न पाउने भएका छन । बाजुराबाट नै नाम दर्ता गरेर पश्चिम कमाण्ड हेड क्वाटर अन्तरगत दिपायल पठाउने बार्डले जनाएकाे छ ।
सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा हुने कार्यक्रमहरुमा सोही क्षेत्रको बैकंबाट पेन्सन बुझिरहेका नेपाली सेनाका भुतपूर्व सैनिक तथा पारिवारीक निबृत्तिभरणमा रहेका ब्यक्तीहरुलाई उपस्थितीमा सो कार्यक्रम गरिने नेपाली सेना कल्याणकारी बोर्डले जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार