• होमपेज
  • समाज
  • हिमँपात पछि चिसोले बालवालिका र बयबृद्ध प्रभाबित

हिमँपात पछि चिसोले बालवालिका र बयबृद्ध प्रभाबित

  • आइतवार, माघ २३, २०७८
हिमँपात पछि चिसोले बालवालिका र बयबृद्ध प्रभाबित

बाजुरा–शुदुरपश्चिम प्रदेश र कणर्ाली प्रदेशका पहाडि तथा हिमाली भेगमा हिमँपातले बालवालिका र बयबृद्ध प्रभाबित भएका छन् । तेस्रो पटक भएको हिमँपातपछि चिसो बढेपछि हिमाली भेगमा चिसोले बालवालिका र बयबृद्ध कष्टकर जिवन बिताइरहेका छन् ।
धेरै मात्रामा हिउँ परेपछि केही हिमाली भेगका बासिन्दा बेशितिर झरेका छन् । लगातार हिमँपातले चिसो बढेपछि बालवालिका र बयबृद्ध सबै भन्दा बढी प्रभाबित भएको हुम्लाको ताजाकोट गाउँपालिका ३ का शिक्षक धनजित रोकायाले वताएका छन् । गाउँका तिन फिट भन्दा बढी हिउँ जमेकाले हिउँ पग्लन केही दिन लाग्ने रोकायाले वताए ।
चिसो बढेपछि बालवालिका र बयबृद्धलाई मौसमि रुखाघोकी समेत लागेको स्वास्थ्यकर्मीले वताएका छन् । आर्थिक अबस्था कमजोर भएका परिवार त झनै प्रभाबित भएका छन् । तातो लुगा कपडा किन्न नसक्ने अबस्था भएका परिवारका वालवालिका र बयबृद्ध नराम्रो सँग प्रभाबित भएका हुन् । बाजुराको बुढिनन्नदा नगरपालिका १० मा धेरै हिउँ परेपछि सदरमुकाम मार्तडी र कोल्टि बजारमा स्थानियले केही दिनका लागि बसाइ सारेका छन् ।
हिमँपातले सुत्केरी र महिनावारी भएका महिला समेत प्रभाबित भएका छन् । महिनाबारी भएको समय घर भन्दा अलगै गोठमा राख्ने भएकाले तातो ठाउँ र लुगा नहुदा चिसो सताउने गरेको स्थानिय जौला थापाले वताएकि छन् । हिमँपात सँगै चिसो बढेपछि नवजात शिशु र सुत्केरीलाई निकै सकस भएको छ ।
लगातारको हिमँपातले शुदुरपश्चिम प्रदेश, कणर्ाली प्रदेशको जनजिवन अस्तब्यस्त बनेको छ । चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशि तिर झरेको छन् । हुम्ला, मुगु, डोल्पा, बझाङ्ग, बाजुरा, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजिवन प्रभाबित भएको छ ।
मौसममा केही सुधार आएपनि उच्च भागमा धेरै हिमँपात भएकाले १ हप्ता सम्म चिसो हुन सक्ने मौसमबिज्ञले वताएका छन् । चिसो छल्न बेशी झरेका जनजाति समुदाय पनि पालमा चिसो कष्टकर जिवन बिताइरहेका छन् । उच्च भागमा हिउँ पर्छ भनेर अछाम पुग्यौ, यहाँ पनि हिउँ परेपछि पालमा चिसोले सताइरहेको बाजुराको हिमाली गाउँपालिका ३ बौडीका दोर्जो भोटेले वताए । चिसो बढेपछि बालवालिका समस्या परेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार