बेलडाँडी गाउँपालिकाले केही दिन अघि तीन जना जनप्रतिनिधिका अाफन्तलाई कर्मचारीमा भर्नाकाकाे नियुक्ति खरेजि गर्दै पछि हटेकाे छ ।
अाईतबार गाउँपालिकाले सर्वदलीय,सर्वपक्षीय संगको बैठक पछि एक सुचना जारी गरेर अबैध रूपमा दिईएका सुनिता राना, निरज कठायत र दिपेन्द्र विष्टलाई दिएकाे नियुक्ति प्रकृया संगत नभएकाे भन्दै अबैध नियुक्ति खारेज गरेकाे हाे ।
विना कुनै प्रकृया अाफ्ना मान्छेलाई मात्र जागिर खुवाउने थलाे बनाएकाे भन्दै अबैध नियुक्ति खारेजिकाे माग गदै नेकपा माअाेवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले विराेध जनाएकाे थियाे । एक हप्ता भन्दा बढिकाे लगातारकाे विराेध पछि अन्तत: गाउँपालिकाले अबैध नियुक्ति खारेज गर्दै पछि हटेकाे हाे ।
अान्दाेलित तीन दल सहित गाउँपालिका पुगेकाे मास समक्ष प्रमुख प्रशासकिय अधिकृत पदमराज जाेशीले अबैध नियुक्ति खारेजिकाे लिखित सुचना निकालेर मास समक्ष सुनाएका थिए । उहाँका अनुसार नियुक्तिमा त्रुटि रहेकाे भन्दै खारेज गरीएकाे समेत बताउनु भयाे ।
यस्तै गाउँपालिकाका प्रमुख अध्यक्ष धन बहादुर थापा क्षेत्रीले अाफुहरूबाट गल्ती भएकाे स्वीकार गर्दै अागामी दिनमा यस्तै गल्ती नगरिने बताउनु भयाे ।
प्रकया विपरित गरीएका कामका सवालमा गाउपालिका सच्चिन बाध्य भएकाे नेकपा समाजवादिका युवा न नेता हरि प्रसाद शर्माले बताए । उनले भने यस्ता गलत प्रवृतिका विरूद्व अाफ्नाे विराेध रहने बताए ।
यस्तै नेकपाका युवा नेता चेत शाहले भने जनताको पक्षमा काम अाज निर्णय गराउन सफल भईएको बताए । यो सरकारले पटक पटक कम्जोरी गरेको र सच्याउदै गरेको छ साथै यस्ता गल्ति समेत नदोहोर्याउन अाग्रह गर्नु भयो ।
यस्तै नेपाली काँग्रेसका नेता ईन्द बहादुर खडकाले विधि र प्रकृयाका सवालमा गलत निर्णय गाउँपालिकाले बदर गरेकाे बताए । गलत कार्य सच्याएकाेमा सबैले गाउपालिकालाई धन्यावाद दिदै अब उपरान्त यस्ता गैरकानुनि कार्य नगर्न सुझाव समेत दिएका थिए ।