• होमपेज
  • राजनीति
  • झण्डै सात महिनापछि बालुवाटार जाँदै ओली

झण्डै सात महिनापछि बालुवाटार जाँदै ओली

  • आइतवार, माघ २३, २०७८
झण्डै सात महिनापछि बालुवाटार जाँदै ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन्।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली आज अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ताका लागि बालुवाटार जाने तयारी रहेको अध्यक्ष ओलीको सचिवालय स्रोतले जनाएको छ।

स्थानीय तह चुनाव र एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न अध्यक्ष ओली बालुवाटार जाने तयारीमा रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

‘उहाँ आज ४ बजेतिर बालुवाटार जानुहुन्छ। प्रधानमन्त्रीसँग भेट्ने कुरा छ,’ स्रोतले भन्यो।

प्रधानमन्त्री देउवाले एमसिसी सम्झौतालाई अगाडि बढाउन खोजिरहेका छन्। तर सत्तारूढ गठबन्धनभित्रै यसबारे समझदारी बनिसकेको छैन।

प्रधानमन्त्री देउवाले यसअगाडि पटकपटक राखेको सर्वदलीय बैठकमा ओली उपस्थित भएका थिएनन्। ओलीलाई बालकोटस्थित निवासमै पुगेर केही दिनअगाडि प्रधानमन्त्री देउवाले भेटघाट गरेका थिए।

देउवा गत असार २९ मा प्रधानमन्त्री बनेका थिए। त्यसअगाडि ओली प्रधानमन्त्री थिए। प्रधानमन्त्रीबाट हटेर बालकोट गएपछि झन्डै सात महिनामा ओली आज बालुवाटार जान लागेका छन्।

चर्चामा

सम्बन्धित समाचार