सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बुढीगंगा नगरपालिकामा २ महिना देखी प्रमुख प्रशासकिय बिहिन

बुढीगंगा नगरपालिकामा २ महिना देखी प्रमुख प्रशासकिय बिहिन

  • आइतवार, माघ २३, २०७८
बुढीगंगा नगरपालिकामा २ महिना देखी प्रमुख प्रशासकिय बिहिन

बाजुरा–बाजुराको बुढीगंगा नगरपालिका २ महिना देखी प्रमुख प्रशासकिय बिहिन बनेको छ । प्रमुख प्रशासकिय अधिकृत प्रेमकाजी महर्जन मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिना देखी प्रमुख प्रशासकिय बिहिन बनेको निमित्त प्रमुख प्रशासकिय अधिकृत कल्पना ठगुन्नाले वताएकि छन् ।
प्रमुख प्रशासकिय अधिकृत नहुँदा आर्थिक कारोबार पुणर् रुपमा बन्द भएको छ । विकासे लगायत अन्य योजनाहरुको काम समेत प्रभाबित भएको छ । शिक्षकहरुले ४ महिना देखी तलब खान पाएका छैनन् । प्रमुख प्रशासकिय अधिकृत नहुदा कर्मचारी तलब खान पाएका छैनन्, त्यो सँगै नगरपालिकाको काममा लथालिङ्ग भएको स्वास्थ्य शाखा प्रमुख दिपक शाहले वताएका छन् ।
बुढिगंगा नगरपालिकामा अहिले मात्र नभइ प्राय जसो प्रमुख प्रशासकिय अधिकृत विहिन बन्ने गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीलाई कार्यपालिकाले शिफारीस नगर्ने संघ बाट खासै नआउने मान्ने भएकाले नगरपालिकामा सधै समस्या हुने गरेको एक कर्मचारीले वताएका छन् । नगरपालिकामा कार्यरत केही कर्मचारीले आर्थिक अधिकार सहितको प्रशासकिय अधिकृतका लागि दौडधुप गरेपनि कार्यपालिकाले निणर्य नगर्ने गरेको पाईन्छ । कर्मचारीनै राजनिति खिचातानि गर्ने, एकले अर्कोलाई स्वीकार नगर्ने भएकाले कार्यपालिकाले निणर्य गर्न नसकेको एक कार्यपालिका सदस्यले वताएका छन् ।
नगरप्रमुख दिपक बिक्रम शाहले भने कार्यकारीका लागि मन्त्रालयमा पहल भइरहेको वताएका छन् । चाडै कार्यकारीको ब्यबस्थापन गरेर नगरपालिकाको काम अघि बढने शाहले वताएका छन् । बुढिगंगा नगरपालिका राजनितिक हिसाबले बाजुरामा सबै भन्दा अगाडि भएपनि नगरपालिकामा प्रशासकिय अधिकृत ब्यबस्थापन गर्न नसक्नु बिडम्बना भएको एक स्थानियले वताएका छन् ।
बुढिगंगा नगरपालिकामा धेरै समय प्रमुख प्रशासकिय अधिकृत बन्ने हुन्छ, तर व्यबस्थापना कसैको ध्यान नजाने स्वास्थ्य संयोजक दिपक शाहले वताए । नेकपा एमालेका स्थायि सदस्य तथा पुर्व मन्त्रि कणर् बहादुर थापा, शुदुरपश्चिम प्रदेश प्रमुख तथा संबिधान सभा सदस्य देबराज जोशी, संघिय सांसद लाल बहादुर थापा, प्रदेश सांसद तथा पुर्व मन्त्रि प्रकाश शाह बुढिगंगा नगरपालिकाकै रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार