• होमपेज
  • बडिमालिका
  • विनोद स्मृति पत्रकारिता पुरस्कारबाट दुइ पत्रकार सम्मानीत

विनोद स्मृति पत्रकारिता पुरस्कारबाट दुइ पत्रकार सम्मानीत

  • शनिबार, माघ २२, २०७८
विनोद स्मृति पत्रकारिता पुरस्कारबाट दुइ पत्रकार सम्मानीत

बाजुरा — विनोद स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार सम्मानीत भएका छन् । प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका हुन् । सम्मानीत हुनेमा प्रेस चौतारीका केन्द्रीय सदस्य बसन्त विक र रेडियो शिम्भुनाथ कोल्टीमा कार्यरत मनिशा घटाला रहेका छन् ।

विनोद कुमार विकको २०७८ जेष्ठमा कोरोनाका कारण मृत्यु भएको थियो । प्रेस चौतारी नेपाल बाजुराका संस्थापक समेत रहेका विक पत्रकार महासंघ बाजुराका सहसचिव भएर काम गरेका थिए । पत्रकारिता छोडेका विक बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष समेत हुन् । संस्थापकको सम्झनामा चौतारी जिल्ला शाखाले पत्रकारिता पुरस्कार स्थापना गरेको थियो ।

प्रेस चौतारीको स्थापना दिवसको अवसरमा हस्तान्त्रण गर्ने गरि स्थापना गरिएको पुरस्कार पहिलो वर्ष बसन्त विश्वकर्मा र मनिशा घटालालाई दिइएको अध्यक्ष नन्दा कुमारी थापाले बताएकी छन् ।

दुबै जनालाई ५ हजार ५ सय ५५ रुपैया नगद सहीत सम्मान पत्र सहीत पुरस्कृत गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार