बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको कोल्टी क्षेत्रमा फोन सेवा अवरुद्ध, कहिले बन्ने अत्ताेपत्ताे छैन

बाजुराको कोल्टी क्षेत्रमा फोन सेवा अवरुद्ध, कहिले बन्ने अत्ताेपत्ताे छैन

  • शनिबार, माघ २२, २०७८
बाजुराको कोल्टी क्षेत्रमा फोन सेवा अवरुद्ध, कहिले बन्ने अत्ताेपत्ताे छैन

बाजुरा — जिल्लाको कोल्टी क्षेत्रमा ३ दिन देखी फोन सेवा अबरोध भएको छ । बडिमालिका नगरपालिकाको कालाजग्रामा रहेको रिपिटर टावरमा रहेको सोलार नचलेपछि कोल्टी क्षेत्रमा फोन सेवा अबरोध भएको नेपाल टेलीकमले जनाएको छ । कोल्टी क्षेत्रमा हरेक समयमा यो समस्या हुने गरेको पत्रकार महेश कार्कीले बताएका छन । कोल्टी क्षेत्रमा नेपाल टेलीकमको लापरवाहीले गर्दा यहाका नागरिक समस्यामा पर्ने गरेको पत्रकार कार्कीले बताए । सामान्य बादल लाग्ने बित्तिकै टावर गइहाल्छ यतिबेला त ३ दिन सम्म लगातार हिमपात भएकोले टावर आउने कुरै रहेन कोल्टीका ब्यापारी जनम धामीले भने । सो समस्या समाधानका लागि यहाका स्थानीय तहहरु र नेपाल टेलीकमले कुनै वास्ता नगरेको स्थानीयहरुले बताए ।

कोल्टी क्षेत्र सम्पर्कबिहिन बनेपछि स्थानीयको दैनिकी समेत प्रभावित भएको छ । बडिमालिका नगरपालिको कालाजग्रमा रहेको नेपाल टेलीकमको रिपीटर टावरको सोलार हिउका कारण ब्यट्री शुन्यमा गए पछी उत्तरी क्षेत्र संगको सम्पर्क टुटेको नेपाल टेलीकमले जनाएको छ । पाेरखे र कालाज्रगामा रहेका टावरका ब्याट्री चार्ज हुन नसक्दा सो समस्या भएको टेलीकमको कार्यालय बाजुराले जनाएको छ ।

बाजुरा जिल्लामा केही दिन देखी नियमित पानी र कालाज्रगामा हिमपात भएका कारण जान पनी नसकिने भएकाले अझै केही दिन कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहमा टेलीफोन इन्टरनेट समेत नहुने बताएको छ । टेलीफोन र इन्टरनेट सेवा नहुदा त्यहाँका संचार माध्याम बैकहरुमा समेत प्रभाबित भएको स्थानीयले बताएका छन् । हिमपातका कारण टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका सञ्चार सम्पर्क विहीन हुन पुगेको रेडियो बुढिनन्दाका पत्रकार महेश कार्कीले बताएका छन् । मोबाइल नेटवर्क नभएपछि वैदेशिक रोजगारीमा रहेका र काम विशेषले बाहिर गएका आफन्तसँग कुराकानी गर्न समस्या भएको उनको भनाइ छ ।
यो क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । टेलिफोन नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजसमेत प्रभावित भएको नागरिक अगुवा सर्पलाल गिरीले बताए । त्यस क्षेत्रका गाउँपालिकाका अधिकांश स्थानमा मोबाइल सेवा अझै नपुग्दा स्थानीयलाई सास्ती छदैछ तर कोल्टीमा आएर घर बाहीर रहेका आफन्तलाई फोन गर्ने एक मात्र नमस्ते टावर त्यो पनी कालाजग्रा रिपीटर टावरमा आएको खराबीका कारण सबै सम्बन्धबिच्छेद बनेको स्थानीयले बताएका छन् । हिमपातका कारण बाजुरा लगायत समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक–पटक फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीलाई निकै सास्ती भएको छ ।
बाजुराको टेलिफोन मर्मतका लागि प्राविधिकको समस्या रहेको नेपाल टेलीकमका सुदुर पश्चिम प्रदेश प्रमुख नामाकरण न्यौपानेले बताए । हवाई सेवा सुरु भए प्राविधिक पठाउने नेपाल टेलिकम, सुदूरपश्चिमका प्रमुख न्यौपानेले बताए । उनका अनुसार बाजुरा जिल्ला पूणर्रुपमा सम्पर्क विहीन छ ।
सुदूरपहाडका पहाडी जिल्लामा हिमपात र वर्षाका कारण नेपाली टेलिकमको सेवा अवरुद्ध भएको थियो। विद्युत सेवा पनि अवरुद्ध भएकाले टेलिफोन सेवा सुचारु गर्न समेत समस्या भइरहेको नेपाल टेलिकम, सुदूरपश्चिमका प्रमुख न्यौपानेले बताए । उनले भने, ‘रिपिटर टावर बाहेकमा ब्याकप कम हुन्छ। विद्युतको राष्ट्रिय प्रसारण लाइन भएका क्षेत्रमा २/३ घण्टाका लागि मात्र ब्याकप हुन्छ । विद्युत अवरुद्ध भए हाम्रो सेवा पनि अवरुद्ध हुन्छ।’
३ दिन देखी परेको हिमपातका कारण सुदूरपश्चिम प्रदेशका धेरै पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अझै अवद्ध रहेको छ । सुदुर पश्चिम प्रदेशको बाजुरा, अछाम र बझाङमा टेलिफोन सेवा अवरुद्ध रहेको छ । तीन दिनदेखिको हिमपात र वर्षाका कारण जिल्लाको टेलिफोन अवरुद्ध भएको नेपाल टेलीकमले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार