आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङमा हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

बझाङमा हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

  • शुक्रबार, माघ २१, २०७८
बझाङमा हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

बझाङ– बझाङमा हिँउमा ट्याक्टर चिप्लिएर दुर्घटना भएको छ। जिल्लाको थलारा गाँउपालिका ३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो।

दुर्घटनामा ट्याक्टरका सहचालक थलारा गाँउपालिका २ का २५ वर्षीय लाल दाहलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बिहिबार साँझ झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सुप्रप ०१००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भएको हो।

निरन्तरको हिमपातका कारण उद्धारमा समस्या भएको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार