बाजुरा–बाजुरामा जिल्लामा १२ बर्ष देखी १७ बर्ष समुहका बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाउने शुरु गरिएको छ । पहिलो चरणमा लगाएका वालवालिकालाई दोस्रो चरण र पहिलो मात्र नलगाएकालाई पहिलो मात्र खोप दिन शुरु गरेको स्वास्थ्य कार्यलय बाजुरामा प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
खोप लगाउने भएपछि माघ २० गते देखी २३ गते सम्म बाजुराका बिद्यालय संचालनमा भएका छन् । बिद्यार्थीले खोप पाउने भएपछि उत्साहका साथ खोप लगाउने काम भइरहेको मालिका माबिका प्रअ शुभराज पाध्यायले वताएका छन् । पहिलो खोप लगाउन छुटेका पनि खोप लगाउन बिद्यार्थी बिद्यालय आएको उनले वताए ।
२०७८ पौष महिनामा खोप लगाएका १२ बर्ष समुह देखी १७ बर्ष समुहका बालबालिकाहरु दोस्रो डोज र १२ बर्ष समुह देखी १७ बर्ष समुहका छुटेका बालबालिकहरु पहिलो डोज खोप लगाउनु शुरु गरिएको छ । अहिले लगाउने खोख मोडर्ना खोप रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । बाजुराका १ सय २१ बिद्यालयमा खोप केन्द्र सञ्चालन रहेका छन् ।
जिल्लाका सबै पालिकामा बिद्यालयमै गएर खोप लगाउने अभियान संचालन भइरहेको स्वास्थ्य कार्यलय बाजुराका महेश चन्दले वताएका छन् । यस अघि पहिलो खोप लगाएका १७ हजार ६ सय ३७ जना बालबालिकहरुलाई दोस्रो डोज खोप लगाउने कार्यलयले जनाएको छ । २३ हजार भन्दा बढि बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाउने उद्देश्य सहित सो अभियान संचालन गरिने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताएका छन ।
बाजुरा जिल्लामा नियमित खोप लगाउने केन्द्र ८४ रहेका छन् । पहिलो खोपको मात्रा ८० हजार ८ सय ८० दोस्रो मात्रा ५८ हजारले लगाइसकेका छन् । बुस्टर डोज भने २२ सयले लगाएको कार्यलयले जनाएको छ ।