बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • प्रदेश सरकारले कोल्टी क्षेत्रमा २०७६ माघमा ल्याउने भनिएको एम्बुलेन्स कहाँ छ ?

प्रदेश सरकारले कोल्टी क्षेत्रमा २०७६ माघमा ल्याउने भनिएको एम्बुलेन्स कहाँ छ ?

०७७/०७८ एम्बुलेन्स खरिदको ४० लाख फिर्ता

  • बिहिबार, माघ २०, २०७८
प्रदेश सरकारले कोल्टी क्षेत्रमा २०७६ माघमा ल्याउने भनिएको एम्बुलेन्स कहाँ छ ?

बाजुरा — शुदुरपश्चिम प्रदेश सरकारले २०७६ जेठ महिनामा पहाँडि जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि भन्दै १६ वटा ‘बी ग्रेड’ का एम्बुलेन्स भनेर खरिद गरेको थियो । तर बाजुराको प्रदेश क (कोल्टी क्षेत्र) ले पाँउने एम्बुलेन्स कटाएर तराईको जिल्ला दिएको थियो ।
बाजुराको प्रदेश क (कोल्टी क्षेत्र) ले पाँउने एम्बुलेन्स कटाएर तराईको जिल्लामा दिइएपछि प्रदेश सरकारले आलोचना खेपिरहेको थियो । त्यहि बेला बाजुराको प्रदेश क का सांसद बल्देब रेग्मि र तत्कालिन सामाजिक विकास मन्त्रि कृष्णराज सुवेदीले २०७६ माघ मसान्त सम्म एम्बुलेन्सको ब्यबस्था गरिसक्ने बडिमालिका खबरलाइ वताएको थिए ।
सांसद बल्देब रेग्मिले २०७६ कार्तिक २२ गते फेसबुक मार्फत माघ मसान्त सम्म एम्बुलेन्स ल्याइसक्ने वताएका थिए । बडिमालिका खबरले २ बर्ष पछि एम्बुलेन्सको बारेमा बुझ्न खोज्दा त्यहाँ अहिले सम्म न एम्बुलेन्स ल्याइएको छ, नत ल्याउने पहल नै नभएको पाईएको छ । त्यो बेला सांसद रेग्मि र मन्त्रिले गरेको प्रतिबद्धता भने कार्यनवयन भएको छैन् ।
सांसद रेग्मिले भने आफुले प्रतिबद्धता अनुसार बजेट छुट्याएको तर कार्यनवयन नभएको वताएका छन् । हामीले बजेट छुट्याएका हौ, तर कर्मचारीले कार्यनवयन नगरेपछि के गर्ने उनले वताए । प्रदेश सरकारले आर्थिक बर्ष ०७७।०७८ मा स्वास्थ्य कार्यलय बाजुरामा ४० लाख बजेट पठाएको थियो ।
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने ४० लाख रकम आएको थियो । तर कच्चि बाटोमा चल्ने टाइप सि एम्बुलेन्स खरिद गर्नुपर्ने भएकाले बजेट कम भएको पन्तले वताए

No description available.

 । आफुले सांसद रेग्मिलाई थप ५० लाख आबश्यक परेको प्रदेश सरकारले माग गर्न आग्रह गरेका थियौ, तर पैसा नआएपछि उक्त ४० लाख फिर्ता भएको पन्तले वताए । टाइप सि एम्बुलेन्स खरिदका लागि भन्सार छुटमा ९० लाख पर्ने रहेको छ ।

तत्कालिन सामाजिक विकास मन्त्रि सुबेदिले भने पहाडि जिल्लाका लागि एक निर्वाचन क्षेत्रका लागि एक एम्बुलेन्श खरिद गरेको वताएका थिए । तर कच्चि बाटोमा त्यो एम्बुलेन्स चल्न नसक्ने भएपछि सेति अञ्चल अस्पताललाई दिएको वताएका थिए । भन्सार छुट हुँदा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका नाममा ल्याएको थियो त्यहाँ नचल्ने भनेपछि अर्को सेति अञ्चल अस्पताललाई आबश्यक देखिएकोले त्यता हस्तान्तरण गरेको मन्त्रि सुबेदिले वताए थिए ।
शुदुरपश्चिम प्रदेश सरकारले पहाँडि जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि भन्दै १६ वटा ’बी ग्रेड’ का एम्बुलेन्स भनेर खरिद गरेको थियो । प्रदेश क का सांसद बल्देब रेग्मिले भने त्यहाँ नचल्ने भएपछि आफ्नै सहमतिमा दिन लगाएको वताएका थिए । एउटा बाजुरा अर्को डोटिको जिल्लाको कटाएर एउटा कैलाली र एउटा कञ्चनपुर जिल्लालाई दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार