प्रायलाई थाहा छ, क्यान्सर र मुटु रोगको प्रमुख कारण धूम्रपान हो । चुरोटमा निकोटिन हुन्छ र निकोटिन लागूपदार्थ हो । धेरैले धूम्रपान त्याग्न अनेकौँ उपाय अपनाउँछन् । तर सकिरहेका हुँदैनन् । केही भोजनले भने चुरोटको तलतल लाग्न दिँदैन र बिस्तारै धूम्रपानको लत छुट्न सक्छ।
यसकालागि तलका खानेकुरा खाँदा चुरोट छाड्न मद्दत हुनसक्छ ।
तरकारीमा गाजर, ब्रोकाउली, काँक्रो र ज्वानो जस्ता कुरा चपाएर खाँदा चुरोटको तलतलबाट छुटकारा मिल्छ । नियमित यी कुरा खाँदा चुरोट बेस्वाद लाग्न थाल्छ ।
चुरोटको तलतल छाड्न अदुवा सबैभन्दा प्रभावकारी मानिन्छ । एक टुक्रा अदुवालाई पिसेर एक चम्चा चिनीमा मिसाएर नियमित खाँदा धूम्रपानको लत छुट्दै जान्छ ।
धूम्रपान त्याग्न सुन्तला खानु लाभदायक हुन्छ । सुन्तलाको जुस पनि त्यत्तिकै प्रभावकारी हुन्छ । यसमा भएको भिटामिन सिले चुरोटका कारण पुगेको क्षतिलाई पनि न्यूनीकरण गर्छ ।- नुनिलो खानेकुरा खाँदा पनि चुरोट पिउन मन लाग्दैन । चुरोट तान्न मन लागेको बेलामा नुनिलो खानेकुरा खानु लाभदायक हुन्छ ।
गोलभेँडाको सुगन्धले चुरोटको गन्धलाई घटाउँछ । यसको जुस पिउँदा चुरोट पिउँदा जत्तिकै मजा आउँछ साथै हानि पनि हुँदैन ।
चुरोट तान्दा पाउने सन्तुष्टि काजु बदाम चपाउँदा पनि मिल्दछ ।- धूम्रपान गर्नेले एक्कासि चुरोट खान छाड्दा रगतमा चिनीको मात्रा घट्छ जसका कारण टाउको दुख्छ, चक्कर आउँछ । यस्तो बेलामा जौ खाँदा निकोटिन तिर फर्किन मन लाग्दैन ।
- दूधले स्वास्थ्यलाई लाभ त पुराउँछ नै यस अलावा नियमित एक गिलास दूध पिउँदा धूम्रपान गर्न मन लाग्दैन ।