बाँके जिल्लामा थप एक जना कोरोना संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराइरहेका एक पुरुषको उपचारकै क्रममा बिहान मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का ८५ वर्षीय पुरुषको रहेका छन् । उनी पुस २३ गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भर्ना गरिएको थियो । उपचार गर्दा गर्दै आज विहान उनको मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४७ जना पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ