• होमपेज
  • बाजुरा बिशेष
  • माघ २० गते देखी २३ गते सम्म बाजुराका सबै बिद्यालय संचालन हुने

माघ २० गते देखी २३ गते सम्म बाजुराका सबै बिद्यालय संचालन हुने

  • मङ्लबार, माघ १८, २०७८
माघ २० गते देखी २३ गते सम्म बाजुराका सबै बिद्यालय संचालन हुने

बाजुरा — जिल्लामा १२ बर्ष समुह देखी १७ बर्ष समुहका बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाउने भएकोले माघ २० गते देखी २३ गते सम्म बिद्यालय संचालनमा ल्याइने भएका छन् । २०७८ पौष महिनामा खोप लगाएका १२ बर्ष समुह देखी १७ बर्ष समुहका बालबालिकाहरु दोस्रो डोज मोडर्ना खोप लगाउने र १२ बर्ष समुह देखी १७ बर्ष समुहका छुटेका बालबालिकहरु पहिलो डोज खोप लगाउने भएकोले ३ दिन बिद्यालय संचालन गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
माघ २४ गते देखी पुन सबै बिद्यालयहरु बन्द गरिने निणर्य गरिएको जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निणर्य गरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।
जिल्लाका सबै पालिकामा खोपहरु पठाउने कार्य भईरहेकोले २० गते सबै खोप केन्द्र रहेका बिद्यालयमै गएर खोप लगाउने अभियान संचालन गरिएको प्रमुख पन्तको भनाई रहेको छ । यस अघि पहिलो खोप लगाएका १७ हजार ६ सय ३७ जना बालबालिकहरुलाई दोस्रो डोज खोप लगाउने र दोस्रो चरण अन्तरगत ७ भन्दा बढि बालबालिकाहरुलाई पहिलो खोप लगाउने कार्य अगाडी बढाईएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी २३ हजार भन्दा बढि बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाउने उदेस्य सहित सो अभियान संचालन गरिने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार