• होमपेज
  • समाचार
  • चितवनमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते

चितवनमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते

  • सोमवार, माघ १७, २०७८
चितवनमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते

चितवन– चितवनको सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३-००१-००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका- १२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई विद्युतको खम्बामा ठोक्किएको थियो । दुर्घटनामा घाइते ट्रक चालकको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

कन्टेनरले ठक्कर दिँदा दुईवटा विद्युतका खम्बाहरु पनि ढलेका छन् । विद्युतको खम्बा ढलेपछि विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार