
धनगढी — कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक जिल्लाको भीमदत्त नगरपालिका-३ तिलकपुरका ४५ वर्षीय पुरन चौधरी रहेका प्रहरीले बताएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भीमदत्त-३ कै भित्री सडकखण्डमा से७प ७१४६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घनामा गम्भीर घाइते भएका चौधरीको महाकाली अस्पतालमा उपचारका क्रममा आइतबार राति नै मृत्यु भएको हो।
