बाजुरा — देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा नेकपा एमाले र नेपाली काग्रेस बाजुराले एकै ठाउँमा छुट्टा छुट्टै दिप प्रजवलन गरी सहिद दिवस मनाएका छन । सदरमुकाम मार्तडीकाे लाेकतान्त्रीक चाेकमा दिप प्रज्वलन गरी नेकपा एमाले र काग्रेसले सहिद दिवस मनाएका हुन । करिव ५ मिनेट अगाडी लाेकतान्त्रिक चाेकमा दिप प्रज्वलन गरी नेपाली काग्रेस गइ सकेपछि नेकपा एमाले बाजुराले साेही ठाउँमा दिप प्रज्वलन गरी मनाएकाे हाे ।
प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ । सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो।सहिद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो।
राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको सम्झनामा सो दिवस मनाउने गरिन्छ । माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूणर् सहिदको सम्झना गरिन्छ।
देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर बिभिन्न कार्यक्रमका साथ सहिद दिवस मनाईएको छ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो।