बाजुरा — वर्षासँगै भएको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको भए पनि बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वडा न ७ काे पाेरखे लेकमा भने हिउँ खेल्ने अान्तरिक पर्यटककाे संख्यामा भने बृद्धी भएकाे छ ।
एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेपछी बाजुराकाे नजिककाे गन्तब्य पाेरखेमा हिउँ खेल्न जानेकाे संख्यामा बृद्धी भएकाे छ । हिमपातकै कारण पोरखे लेक पुग्ने बाटोकाे सहज पहुचमा भएकाेले पाेरखेमा हिउँ खेल्न जानेकाे संख्यामा बृद्धि भएकाे बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताएका छन । सदरमुकाम मार्तडीबाट नजिक र सहज गन्तब्य भएकाेले साे ठाउँमा बढि हिउँ खेल्न जानेकाे गरेकाे वडा अध्यक्ष पाध्यायले बताएका छन । बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले ढाकिएकोे छ ।
एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बिहिबारदेखी पाेरखे लेकमा हिउँ खेल्न जानेकाे सख्यामा उल्लेख्य बृद्धि भएकाे कालाजग्रा पर्यटन प्रबद्धन बिकाश समितका अध्यक्ष लाेकेन्द्र राेकायाले बताए । हिमपात पछि राम्राे माैसम भएकाेले दिन प्रतिदिन १२ देखी २१ जना सम्म दैनिक रूपमा पाेरखेमा हिउँ खेल्न जाने गरेकाे अध्यक्ष राेकायले बताए ।