• होमपेज
  • समाचार
  • चार वर्षीया बालिका बलात्कार आरोपमा किशोर पक्राउ

चार वर्षीया बालिका बलात्कार आरोपमा किशोर पक्राउ

  • आइतवार, माघ १६, २०७८
चार वर्षीया बालिका बलात्कार आरोपमा किशोर पक्राउ

चार वर्षीया बालिका बलात्कार आरोपमा कैलाली प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

मोहन्याल गाउँपालिका वडा नम्बर ७ का १४ वर्षका किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

बालिका र किशोरको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको प्रहरीले जनाएको छ।

कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार बालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने किशोरमाथि थप अनुसन्धान भइरहेको छ।

शुक्रबार बालिकामाथि बलात्कार भएको जाहेरीमा उल्लेख छ।

चर्चामा

सम्बन्धित समाचार