• होमपेज
  • बडिमालिका
  • प्रेस सेन्टर नेपाल बाजुराको १८ औँ स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

प्रेस सेन्टर नेपाल बाजुराको १८ औँ स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

  • शनिबार, माघ १५, २०७८
प्रेस सेन्टर नेपाल बाजुराको १८ औँ स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

बाजुरा — प्रेस सेन्टर नेपाल बाजुराको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीलाई फलफुल वितरण गरिएको छ ।
जिल्ला अस्पतालमा वार्डमा रहेका १० जना बिरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको नेकपा माओवादी केन्द्रका प्रचार प्रसार बिभाग प्रमुख शुरेस बिकले बताएका छन ।
कोभिड-१९ का कारण प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवस मनाउन जिल्लामा भेला गरेर कार्यक्रम गर्न सम्भव नभएकाले विरामीहरुलाई पोसिलो तथा फलफुल वितरण गरेकाे प्रेस सेन्टर नेपाल बाजुराका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताएका छन् ।
बिरामीलाई फलफुल वितरण कार्यक्रममा माओवादी केन्द्र बाजुराका प्रचार विभाग प्रमुख सुरेश वि.क काे प्रमुख आथित्यमा फलफुल बितरण गरिएकाे अध्यक्ष शाहीले बताए। अनावश्यक रुपमा खर्च गर्नु भन्दा स्वास्थ्य अवस्था कमजाेर रहेका विरामीलाई मानवीय सेवाका लागि सानो भएपनि सहयोग गरेकाे भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले संगठनले सधै रचनात्मक र समाज सेवामा टेवा पुग्ने कार्यमा अग्रसर हुन प्रेस सेन्टर नेपाललाई आग्रह गरेका छन् ।
अस्पतालमा रहेका दश जना विरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले फलफुल वितरण गरेको हो । फलफुल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख सुरेश वि.क. ,प्रेस सेन्टर नेपाल बाजुराका अध्यक्ष सुरेन्द्रबहादुर शाही, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निमेन्द्र शाही, सहितको सहभागिता रहेको थियो ।
यसै गरि कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह, महासंघ सदस्य देवराज पाध्याय,प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले, अनेरास्ववियु क्रान्तिकारी बाजुरा अध्यक्ष खेमराज साउँद लगायतको सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार