काठमाडौं — सर्लाहीमा उखु बोकेको ट्याक्टर र यात्रुबाहक बस ठोक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन्।
बिहीबार राति पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन-९ सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्याक्टरमा भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ।
घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। ट्याक्टर चालकको पहिचान हुन नसकेको र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बाक्लो हुस्सु र कुहिरोका कारण दुर्घटना भएको हुनसक्ने आँकलन गरिएको छ।