सुदिप शाही/बझाङ — केही दिन अगाडि बझाङको बित्थडचिर गाउँपालिका ८ का वडाध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई विप्लव नेतृत्वको नेकपाकाे भातृ सङगठन अखिल (क्रान्तिकारी )ले कालो मसो दलेको थियो ।वडामा वडाध्यक्ष र वडा सचिव मिलेर भ्रष्टाचार गरेको हुदाँ नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको अनेरास्ववियुले कालोमोसो दलेको जनाएको छ ।
संगठनले आइतबार विज्ञप्ति जारी गर्दै कारवाही गर्नका कारण उल्लेख गर्दै उनीहरूलाई जनकारवाही गरेको ठहर गरेको छ ।
बिप्लब नेतृत्व काे नेकपा दलाल संसदिय व्यवस्था खारेजी काे माग गर्दै विद्रोह गरे पछि साे पाटि लाई केपि अाेलि नेतृत्व काे सरकार ले प्रतिबन्ध नि लगाएकाे थियो । सरकार र नेकपा बिच तीन बुधे सहमति भएर शान्तिपुण राजनीतिमा अाए पनि अझै सयौं कार्यकता हिरासतमै छन । देशमा भष्टाचार ,लुट, कमिसनखाेर, हत्या र बलात्कार का घटना माैलाउदै गएकाे र सरकार यी सबै गतिविधि मा मुखदर्शक रहे पनि नेकपा जनताकाे साथ मा सधैं रहेकाे र यसै क्रम मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनले कार्वाही गरेकाे र यस्ता कार्य गर्ने जाे काेहिलाई जनकार्वाहि गर्ने अखिल (क्रान्तिकारी ) जिल्ला अध्यक्ष कमल थापाले बडिमालिका खबरलाई बताएका छन्।
प्रजातान्त्रिक भन्ने नेपाली काङ्ग्रेस काे सरकार हुदा पनि उस्कै पाटिका कार्यकर्ता जिम्मेवार पदमा रहेर प्रक्रिया गत ढंग बाट जनता लुटिरहनुले जनता मा निराशा छाएकाे ।सु प ईन्चार्ज प्रकाश जप्रेलले अापत्ति जनाएका छन।
वडाअध्यक्ष मल्ल नेपाली काँग्रेसबाट उम्मेदवार भएर बित्थडचिर गाउँपालिका वडा नम्बर ८ को अध्यक्षमा बिजयी भएका हुन ।
कारवाही गर्नुका कारण :–
१) १ करोड ५० लाखको खानेपानी योजना धारा निर्माण पानी सञ्चालन नगर्दै काम गर्ने मजदुरलाई ज्वाला नदिई कमिशन खाएर बजेट पास गरेकोले।
२) सडक बनाउँदा कमिसन दिने मान्छेलाई मात्र उपभोक्ता समितिको अध्यक्ष बनाएको रोड बनाउँदा अनआवश्यक दुई ठाँउबाट कटिङ गरी १० लाख हिनामिना गरेको र वडामा व्यवस्थापनको नाममा वर्षेनी ३ लाख ५० हजार हिनामिना गरेको ।
३) मृत्यु भएका नागरिकको नाममा किर्ते कागज बनाई चार बर्षको लाखौँ पैसा वडा सचिव र वडा अध्यक्षले हिनामिना गरेको।
४) वडा कार्यालयको सवारीसाधनमा नम्बर प्लेट चेन्ज गरि ब्यपारीको जाडरक्सी ढुवानी गर्ने गरेकोले।
५) सेवाग्राहीले सूचनाहक अन्तर्गत रहेर सूचना माग्दा सूचना नदिने, गुनासो गर्दा सेवाग्राहीलाई धम्कीदिने गरेकोले ।
६) हाम्रो पार्टीको न्यायपूर्ण आन्दोलनलाई जथाभावी भण्डाफोर गर्दै आफ्नो पदिय मर्यादा ख्याल नगरि पार्टीबिरुद्ध सुराकी गरेकोले।
७) पर्यटकीय स्थलका नाममा आफ्ना पितरका मन्दिर मात्र बनाएका काम गर्ने मजदुर पनि आफ्ना घरका मात्र मजदुरी गराएकाले।