• होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सुरु

सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सुरु

  • बुधबार, माघ १२, २०७८
सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सुरु

धनगढी — सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। बुधबार (आज) बिहान ९ बजेबाट सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टका अनुसार मतदान दिउसो ३ बजेसम्म चल्नेछ। मतदानका लागि प्रदेश सभाभित्रै दुई वटा मतदान केन्द्र बनाइएको भट्टले बताए।

सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्। नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।

यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका छन्। प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।

चर्चामा

सम्बन्धित समाचार