बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा हिमपात, जनजिवन अस्तब्यस्त

सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा हिमपात, जनजिवन अस्तब्यस्त

  • बुधबार, माघ १२, २०७८
सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा हिमपात, जनजिवन अस्तब्यस्त

बाजुरा– सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा हिमपात मंगलवार हिमपात भएकाे छ । मंगलवार राति भएकाे हिमपात नरोकिएपछि अत्याधिक चिसोले दैनिक जिवन प्रभाबित भएको छ ।

मंगलबार राति बैतडीको सतबाँझ, खोड्पे, श्रीभावर लगायतका उच्च क्षेत्रमा हिमपात भएको हो। दार्चुलाका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ। लगातारको झरी र हिमपातले चिसो बढ्दा घर बाहिर निस्कनै मुस्किल भएको त्यहाँका स्थानीयले बताएका छन्। चिसो बढेपनि हिमपात र वर्षाले हिउँदे फलफूलका लागि सिँचाईको काम गर्ने र बालीनाली तथा फलफूलका बिरुवा हुर्कन मद्दत पुग्ने सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले बताए।

चिसो बढेपछि बाजुराको सदरमुकाम मार्तडी, हुम्लाको सदरमुकाम सिमकोट लगायतको जनजिवन प्रभाबित भएको छ । अत्याधिक चिसोले दैनिक कामकाजमा समस्या भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
निरन्तरको हिमपाँतले नेपालगञ्ज बाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवा बन्द भएका छन् । दैनिक नेपालगञ्ज बाट ३० देखी ४० सम्म हुने उडान सेवा बन्द भएको नागरीक उड्यन प्राधिकरण नेपालगञ्जले जनाएको छ । उडान गर्न खोज्दा पनि प्रतिकुल मौसमले हुने नसकेको नागरीक उड्यन प्राधिकरण नेपालगञ्जले जनाएको छ ।
हवाइ सेवा अबरोध भएपछि नेपालगञ्जमा रहेको हुम्ला ताजाकोट मैला गाँउपालिका ३ का रमेश भण्डारीले वताएका छन् । दैनिक एयरपोर्ट जाने गरेको छु, सधै जहाज रद्ध हुने गरेको अझै कति समय लाग्ने हो उनले भने । सडक यातायात नपुगेको हुम्लामा एक मात्र हवाइ सेवा रहेको छ । त्यस्तै हिमाली र पहाडि भेगमा सडकहरु बन्द भएका छन् । मार्तडी कोल्टि सडक खण्ड दुई देखी बन्द भएको बुढिन्नदा नरपालिका ९ का दाबा गुरुङ्गले वताएका छन् । स्थल र हवाइ मार्ग सबै बन्द रहेको उनले वताए ।
बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह हुम्ला, मुगुका केही क्षेत्र सञ्चार बिहिन बनेका छन् । टावरमा रहेका सोलारका ब्याट्रिमा चार्ज नभएपछि सञ्चार बिहिन बनेका टेलिकम बाजुराले जनाएको छ । उत्तरी क्षेत्रका ४ स्थानिय तह हुम्ला, मुगु र कालिकोटका केही टावरमा लिंङ्क भएको पोरखे टावरमा बिधुत पावर नहुदा टावर सञ्चालन आउन नसकेको टेलिकम बाजुराले जनाएको छ । ति क्षेत्रमा फोन र इन्टरनेट नहुँदा स्थानिय तहको काम काज प्रभाबित भएको छ ।
चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशि तिर झरेको छन् । बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजिवन प्रभाबित भएको छ । बझाङ्गको काँडा गाँउपालिकामा पनि चिसोले जनजिवन प्रभाबित बनेको स्थानियले वताएका छन् । चिसो बढेपछि जिल्लामा बिद्यालय समेत प्रभाबित भएका छन् । कणर्ालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य संस्थाहरुले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार