आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढी आइरहेको हायस दुर्घटना: घाइते १६ जनाको पहिचान खुल्यो (नामसहित)

धनगढी आइरहेको हायस दुर्घटना: घाइते १६ जनाको पहिचान खुल्यो (नामसहित)

  • सोमवार, माघ १०, २०७८
धनगढी आइरहेको हायस दुर्घटना: घाइते १६ जनाको पहिचान खुल्यो (नामसहित)

धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रकसँग हायस ठोक्किएर दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार ६ लेन सडकमा हायसले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

उनका अनुसार दुर्घटनामा हायस चालक गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीय धर्मराज जोशी, धनगढीकी अम्रिता चन्द, दिपिका जोशी, विमला जोशी, कञ्चनपुर भीमदत्त नगरपालिका–१९ की शारदा भट्ट, गोविन्द भट्ट, शुक्लाफाँटा नगरपालिकाका मणी जोशी, रमेश जोशी र पुष्पा भट्ट घाइते भएका छन्। यस्तै भारतको लखनउ बस्ने चन्द्री रावत, महेन्द्र रावत, अविजित रावत, रुपन हरिजंग, किशोर हरिजंग, प्रेम कुँवर र रजनी हरिजंग पनि घाइते भएका छन्।

चर्चामा

सम्बन्धित समाचार