• होमपेज
  • समाचार
  • सेतीमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु

सेतीमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु

  • सोमवार, माघ १०, २०७८
सेतीमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत धनगढीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको सोमबार (आज) बिहान ४ बजे मृत्यु भएको हो। उनलाई यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको र अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

चर्चामा

सम्बन्धित समाचार