• होमपेज
  • समाचार
  • भक्तपुरमा निस्सासिएर ३ महिने शिशुको मृत्‍यु

भक्तपुरमा निस्सासिएर ३ महिने शिशुको मृत्‍यु

  • आइतवार, माघ ९, २०७८
भक्तपुरमा निस्सासिएर ३ महिने शिशुको मृत्‍यु

भक्तपुर — भक्तपुरको दधिकोट गाम्चामा धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु भएको छ ।

खाती खाना खाई आगो तापेर सुतेका रामेछाप मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङकी ३ महिनेको निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार अचेत अवस्थामा रहेका दुई जना (अभिषेक र उनकी श्रमीती) को मध्यपुर अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेको छ ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरु सुर्यविनायक नगरपालिका-४ गाम्चा स्थित भावना थापाको जस्ताले छाएको घरमा २ वर्षदेखि डेरा बस्‍दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार