बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कोरोना विरुद्धको खोप लगाएको आधा घण्टामै कैलालीमा पुरुषको मृत्यु

कोरोना विरुद्धको खोप लगाएको आधा घण्टामै कैलालीमा पुरुषको मृत्यु

  • आइतवार, माघ ९, २०७८
कोरोना विरुद्धको खोप लगाएको आधा घण्टामै कैलालीमा पुरुषको मृत्यु

कैलाली- कैलालीमा कोरोना भाइरस विरुद्धको खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोना विरुद्धको भेरोसेल खोप लगाएका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्यु भएको हो।

वडा नम्बर ४ का अध्यक्ष भिखराम चौधरीका अनुसार खोप लगाएको झण्डै आधा घण्टापछि उनको मृत्यु भएको हाे।  ‘खोप लगाएर घरतर्फ हिडेर जाने क्रममा बाटोमै मृत्यु भएको हो,’ उनले दिनेशखबरलाई भने, ‘शव आधारभुुत स्वास्थ्य केन्द्रमा राखिएका छ। अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ।’ मृत्युको कारण खुलेको छैन।

चर्चामा

सम्बन्धित समाचार